इम्फालः हिंसाग्रस्त मणिपुरमा बिग्रॅंदै गइरहेको स्थितिका कारण पूर्वोत्तर सीमान्त रेलवेले आज सबै ट्रेनहरू स्थगित गरेको छ। यस अघि बिहिवार स्थितिलाई नियन्त्रित गर्न राज्य सरकारले उपद्रवीहरू विरूद्ध शूट एट साइटको आदेश जारी गरेको थियो।
राज्यमा स्थितिलाई नियन्त्रित गर्न सेना र असम राइफल्सको ५५ कलमलाई तैनात गरिएको छ। हिंसाको गम्भीरतालाई ध्यानमा राख्दै केन्द्रिय गृहमन्त्री अमित शाहले मणिपुरका मुख्यमन्त्री एन. बीरेन सिंहसॅंग कुरा गरेर स्थितिको बारेमा जानकारी लिए। यस अघि गृह विभागले पॉंच दिनको निम्ति इन्टरनेट सेवाहरू निलम्बित गरेको छ।
पूर्वोत्तर सीमान्त रेलवेका सीपीआरओ सब्यसाची डेले भने, स्थितिमा सुधार नभएसम्म सबै ट्रेनहरू मणिपुरमा प्रवेश गर्ने छैन। मणिपुर सरकारसॅंग सल्लाह गरेपछि यस्तो निर्णय लिइएको हो।