राजा चार्ल्स तृतीयको राज्याभिषेक

bhqt102o_king-charles_625x300_09_September_22.jpg

विवादास्पद कोहिनूर हीरा राज्याभिषेकको मुकुटमा प्रयोग हुने छैन

क्विन कन्सोर्टका रूपमा कमिलालाई क्वीन मेरीको मुकुट पहिराइनेछ जसमा कोहिनूर हीरा हुनेछैन राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा विवादास्पद कोहिनूर हीरा प्रयोग नहुने बकिङ्घम प्यालेसले जनाएको छ। क्वीन कन्सोर्टका रूपमा कमिलालाई क्वीन मेरीको मुकुट पहिराइनेछ र त्यसका लागि मे महिनाको छ तारिखमा हुने समारोहका लागि टावर अफ लन्डनबाट मुकुट निकालिएको छ। राज्याभिषेकका लागि विद्यमान मुकुटलाई “पुन: प्रयोग”मा ल्याइएको “हालैको इतिहास” मा यो पहिलो पटक भएको ठानिएको छ। महारानी एलिजाबेथ द्वितीयाको गहना सङ्ग्रहबाट पनि हीराहरू जडित गरिनेछ।वेस्टमिन्स्टर एबीमा हुने राज्याभिषेक समारोहमा कमिलालाई राजा चार्ल्ससँगै मुकुट पहिराइनेछ। यो मुकुटमा देखिएको कोहिनूर हीरा राज्याभिषेक समारोहमा पहिराइने मुकुटमा हुने छैन कोहिनूर हीराको स्वामित्वबारे विवाद छ। यसको प्रयोगबारे खासगरी भारतसँग कूटनीतिक विवादहरू रहेका छन्। उक्त हीराको असली स्वामित्व आफ्नो भएको दाबी भारतले थुप्रै पटक गरिसकेको छ। उक्त हीराको प्रयोग महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक समारोहमा प्रयोग भएको थियो।

बकिङ्घम राजदरबारले कमिलालाई क्वीन मेरीको मुकुट पहिराइने र पुन: प्रयोग “स्थायित्व र दक्षताको हितमा” भएको दाबी गरेको छ। कमिलालाई राजा चार्ल्ससँगै मुकुट पहिराइनेछ। दिवङ्गत महारानी एलिजावेथ द्वितीयाको सम्मानमा उनको व्यक्तिगत गहनाहरूको सङ्कलनबाट कलिनन तेस्रो, चौथो र पाँचौँ भनेर चिनिने हीराहरू पनि प्रयोग गरेर कमिलाले लगाउने मुकुट तयार गरिनेछ। ती हीराहरू दिवङ्गत महारानीले कपालमा लगाउने क्लिप (ब्रुच) मा प्रयोग हुन्थ्यो जुन दक्षिण अफ्रिकामा पत्ता लागेका कलिनन हीराहरूबाट झिकिएको थियो। राजा चार्ल्स तृतीयले भने सेन्ट एडवर्डको मुकुट पहिरिनेछन्। उक्त मुकुट राजालाई ठिक हुनेगरी बनाइएपछि अहिले टावर अफ लन्डनमा प्रदर्शनका लागि राखिएको छ। उक्त मुकुट त्यसभन्दा अघिको मुकुट विस्थापनका लागि सन् १६६१ मा राजा चार्ल्स द्वितीयलाई बनाइएको थियो। अङ्ग्रेज गृहयुद्धपछि उक्त मुकुट नष्ट गरिएको थियो। दिवङ्गत महारानी एलिजावेथ द्वितीयाले पनि आफ्नो राज्याभिषेकका बेला सेन्ट एड्वार्डकै मुकुट पहिरिइन्। तर राजसत्तामा रहने अन्यले भने सानो अथवा आफैँले फर्माएर मुकुट बनाए।

राज्याभिषेक समारोहका योजना यस्ता रहेका छन्:

शनिवार मई: वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोह; राज्याभिषेक बग्गी लस्कर यात्रा; बकिङ्घम राजदरबारको बाल्कनीमा राजपरिवारको उपस्थिति र जनतालाई अभिवादन।

आइतवार मई ७: विन्डसर क्यासलमा साङ्गीतिक कार्यक्रम, झिलिमिली बत्ती र आतसबाजी प्रदर्शन; राज्याभिषेकको खुसीयालीमा सडक पार्टी र परिकार महोत्सव

सोमवार मई : थप सार्वजनिक छुट्टी; र स्थानीय परोपकारी गतिविधिहरूमा योगदान दिन मानिसहरूलाई प्रेरित गर्न बीग हेल्पआउट नामको ठूलो प्रवर्द्धन कार्यक्रम राजा चार्ल्सले सेन्ट एड्वार्डको मुकुट लगाउनेछन् जसलाई मुकुट सङ्ग्रहमध्ये मुख्य मानिन्छ

विवाद

कोहिनूर हीरा विश्वकै ठूलो वा अवगुणरहित हीरा नभए पनि यसको इतिहासका कारण यसलाई एउटा सबैभन्दा विवादास्पद हीराको रूपमा चिनिन्छ। यो हीराको उत्पत्तिबारे धेरै वर्षसम्म सिद्धान्त र मिथहरू फरक फरक आए पनि इतिहासकारहरू यो भारतबाटै सन् १७३९ मा इरानी शासक नादिर शाहले ल्याएका हुन् भन्नेमा सहमत छन्। पन्जाब गाभिएसँगै सन् १९४९ मा ब्रिटिश गभर्नर-जेनेरललाई हस्ताक्षर गरेर दिनुअघि लुटेर लिने क्रममा यो हीरा विभिन्न मानिसका हातमा पुगेको थियो। भारतीय उपमहाद्वीपको ठूलो भूभागमाथि विजय प्राप्त गरेको इस्ट इण्डिया कम्पनीलाई पराजित बालक राजाले दिनुअघिको परिस्थिति विवादास्पद रहेको छ। यो “उपहार”का रूपमा प्रतिष्ठित छ तर कोहिनूर पुस्तककी सहलेखक अनिता आनन्द भन्छिन्: “त्यो विन्दुमा धेरै ‘उपहारहरू’ हस्तान्तरण गरिएकोबारे मलाई थाहा छैन।” सन् १८५० मा राजकुमार अल्बर्टले हीरा चम्किलो बनाउन पुन: काटे र त्यो क्वीन भिक्टोरियाको कपालमा लगाउने क्लिपमा राखियो। अन्तत त्यसलाई मुकुटमा राखियो। हीरामाथि असली स्वामित्वको दाबी पाकिस्तान र अफगानिस्तानका केहीले पनि गरेका छन्।

About Author

Advertisement