पहलवानहरूको सम्पूर्ण माग पूरा गरियो, उनीहरूसित धरना समाप्त गर्ने अपील: अनुराग ठाकुर

Untitled-1-copy-35

केन्द्रिय मन्त्रीले भने, दिल्ली पुलिसले निष्पक्ष जाँच गरिरहेको छ, दोषीविरूद्ध हुनेछ कारबाही

लखनऊः केन्द्रिय खेल मन्त्री अनुराग ठाकुरले पहलवानहरूसित दिल्लीको जन्तर मन्तरमा भइरहेको धरना समाप्त गर्ने अपील गरेका छन्। खेलो इण्डियासित सम्बन्धित कार्यक्रममा सामेल भएपछि शुक्रवार केन्द्रिय सूचना प्रसारण एवं खेल मन्त्री अनुराग ठाकुरले लखनऊमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भने, पहलवानहरूको जायज मागलाई हामीले मानिसकेका छौं। दिल्ली पुलिसले निष्पक्ष जाँच गरिरहेको छ। दोषीविरूद्ध कारबाही गरिनेछ। यसैले अब पहलवानहरूले धरना समाप्त गर्नुपर्छ। केन्द्रिय खेल मन्त्रीले भने, दिल्ली पुलिसले एफआईआर दर्ता गरिसकेको छ। अब त सुप्रीम कोर्टको पनि फसेला आइसकेको छ। यस सम्पूर्ण मामिलामा कानूनले आफ्नो काम गरिरहेको छ। यसैले जन्तर मन्तरमा पहलवानहरूले धरना प्रदर्शन गर्न बन्द गर्नुपर्छ।

अनुराग ठाकुरले भने, मोदी सरकारले सदैव खेल औ खेलाड़ीहरूलाई प्राथमिकता दिएको छ। सबै खेलहरूमा भारतले उत्कृष्ट प्रदर्शन गरिरहेकाछन्। हामीले ब्याडमिन्टनदेखि लिएर अन्य खेलहरूमा पनि प्रदर्शन गरेका छौं। खेलको बजेटलाई 964 करोड़ रुपियाँदेखि बढ़ाएर ३३९३ करोड़ रुपियाँ बनाइएको छ। एघारजना खेलाड़ीहरूमाथि अढ़ाईदेखि तीन करोड़सम्म खर्च गरिएको छ। उनले अझ भने, जहाँसम्म खेलाड़ीहरूका मागहरूको प्रश्न छ, म भन्न चाहन्छु कि उनीहरूको माग निष्पक्ष चुनाउ गराउने थियो जसको तयारी गरिदैँछ। एउटा कमिटी गठन गर्ने माग थियो त्यो कमिटी पनि गठन गरिसकिएको छ। निष्पक्ष जाँच गराउने माग थियो दिल्ली पुलिसले त्यो पनि गरिरहेको छ। सुप्रीम कोर्टले पनि आफ्नो फसेला सुनाइसकेको छ। मेरो आग्रह छ कि जुनै पनि खेलाड़ीहरूले त्यहाँ प्रदर्शन गरिरहेका छन् उनीहरूले निष्पक्ष जाँच हुन दोओस्। दूधको दूध, पानीको पानी हुन देओस्। जो पनि दोषी साबित हुन्छ दिल्ली पुलिसले उविरूद्ध दिल्ली पुलिसले निष्पक्ष कारबाही गर्नेछ। खेलो इण्डिया कार्यक्रममा सामेल हुन लखनऊ आएका केन्द्रिय खेल मन्त्री अनुराग ठाकुरले भने, ५ हजारभन्दा अधिक खेलाड़ीहरू छन्। भिन्न-भिन्न खेलहरूको आयोजन गरिनेछ। यो भव्य आयोजन आगामी २५ मईदेखि २३ जूनसम्म जारी रहनेछ। मलाई पूर्ण विश्वास छ, जसरी पूर्वमा रेकर्ड तोड़िएको छ त्यसरी नै उत्तर प्रदेशको धरतीमा पनि रेकर्ड तोड़िनेछ। धेरैजना उदियमान खेलाड़ीहरू हामी पाउनेछौं। हामी खेलाड़ीहरू खोज्नेछौं र उनीहरूलाई तिखार्नेछौं। खेलको क्षेत्रमा भारत लगातार अघि बढ़्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement