हिमाशु शेखरलाई सम्मान

IMG_20220618_215843.jpg

सिलगढी: सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले जोइन्ट एन्ट्रेन्सको परीक्षामा राज्यमा दोस्रो स्थान ओगटेका हिमाशु शेखरलाई सम्मान जनाए। डेपुटी मेयर रञ्जन सरकार र स्थानीयवार्ड काउन्सिलर सिबिका मित्तल आज सिलगढीको ४१ नम्बर वार्डस्थित हिमाशु शेखरको घरमा पुगेर तिनलाई मिठाई खुवाउनको साथै फुलको गुच्छा प्रदान गरेर संवर्द्धना जनाए। यसको साथै तिनको उज्जवल भविष्यको लागि कामना पनि गरे। यस अवसरमा रञ्जन सरकारले भने, जोइन्ट एन्ट्रेन्सको परीक्षामा राज्यमा दोस्रो स्थान ओगटेर हिमाशु शेखरले सिलगढीको नाम उच्च पारेको छ। हिमाशुको उज्ज्वल भविष्य होस् भन्ने आफूहरूको चाहना रहेको तिनले बताए।

About Author

Advertisement