सिलगढी: गत १५ जूनको दिन उत्तर दिनाजपुर राईगन्ज निवासी एबीपी आनन्दका पत्रकार सुदीप चक्रवाती माथि पुलिस कन्स्टेबलले हिर्काउदा टाउकोमा गम्भीर चोट लागेको थियो। जसको विरुद्धमा शनिबार नर्थ बेंगल पत्रकार टोलीले प्रतिवाद जनाउँदै उत्तर कन्यामा पुगेl उक्त घटनाको घोर प्रतिवाद जनाउँदै मुख्यमन्त्री ममता ब्यनार्जी समक्ष एक ज्ञापन पत्र पठाएको छ। त्यसपछि पत्रकारहरुको टोलीले मन्त्री अरुप विश्वासलाई डेपुटेशन दिँदै सम्बन्धित विषयमा एक ज्ञापन बुझाएको छ। कनफडेरेशन अफ नर्थ बेंगल अनि सिक्किम पत्रकार संघका सचिव अङ्शुमन चक्रवर्ती अनि सचिव अलिप मित्रको अगुवाईमा पत्रकारहरुले दुई घण्टा पेन डाउन गर्दै उत्तर कन्या अघि विरोध प्रदर्शन गरे।
यस प्रदर्शनमा सिलगढी जर्नलिस्ट क्लबका सभापति मनोज ब्यानर्जी, दार्जीलिङ प्रेस गिल्डका सचिव केशर मोक्तान, मालदा प्रेस एण्ड फोटोग्राफार एसोसिएसनक रंजित दास, उत्तर दिनाजपुर प्रेस कल्ब सभापति अमित सरकार, अलिपुरद्वार प्रेस क्लबका सचिव अम्लन ज्योति घोष, फालाकाटा प्रेस क्लबका सचिव पिनाकी चक्रवर्ती, धुपगढी प्रेस क्लबका सचिव रनी, जलपाईगढी प्रेस कल्ब कोचबिहार प्रेस क्लबका प्रतिनिधि गण एवं पत्रकार उपस्थित थिए।









