बर्मेक। मेधावी स्किल युनिभर्सिटीको दुईदिने करियर बुट क्याम्प आजदेखि गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत सामुदायिक भवनमा शुरु भयो। सिक्किम सरकारका कृषि मन्त्री तथा क्षेत्र विधायक लोकनाथ नेपाल यस अवसरमा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा विश्वविद्यालयका प्रो कुलपति डा. अमिया सिंह, हि-मार्तमका खण्ड विकास अधिकारी कैलाश गुरुङ, प्रिन्सिपल, शिक्षकगण र परिधीय विद्यार्थीहरूको विशेष उपस्थितिमा यो दुई दिवसीय कार्यक्रमको मुख्य अतिथिको बाहुलीबाट उद्घाटन गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले मेधावी स्किल युनिभर्सिटीको विशेषता र दक्ष जनशक्ति उत्पादनका फाइदाबारे प्रकाश पारे। एमएसयूको स्थापनालाई आगामी पुस्ताको दीर्घकालीन दिगो फाइदाका लागि ऐतिहासिक र दूरदर्शी उपलब्धिहरूमध्ये एक भएको मन्त्रीले बताए। उनले मेधावी स्किल युनिभर्सिटीले विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने र बाँकी ५० प्रतिशत शुल्क विश्वविद्यालयले भारत सरकारले पूर्वोत्तर राज्यहरूलाई विशेष छात्रवृत्ति दिने व्यवस्था गर्ने घोषणा गरे। मन्त्री शर्माले शिलान्यास र नवस्थापित कार्यालयको उद्घाटन आगामी अगस्त २०२२ मा हुने जानकारी दिए।

मन्त्री नेपालले सिक्किम विधानसभामा एमएसयू सिक्किम ऐन २०२१ पारित गरेर गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत बर्मेकमा यस विश्वविद्यालय स्थापना गर्ने अनुमति दिएकोमा मुख्यमन्त्री प्रेम सिंह तामाङलाई सम्पूर्ण निर्वाचन क्षेत्रका जनताको तर्फबाट धन्यवाद दिए। कार्यक्रमलाई उपकुलपति डा अमिया सिंहले सम्बोधन गर्दै संस्थानले योग्य जनशक्ति उत्पादनमा ध्यान दिने आश्वासन दिए। उनले विश्वविद्यालयका विस्तृत सुविधाहरूवारे जानकारी दिए।









