खरसाङ: २९ नम्बर खरसाङ गिद्धपहाड़ समष्टिको स्वतन्त्र उम्मेद्वार सन्तकिशोर गुरुङ ‘सन्तु’ ले शनिबार खरसाङको सिरूबारी बस्ती र गौरीशंकर चियाबगानको क्षेत्रमा चुनाव प्रचार गरेका छन्। उनले यसावधि घर घर पुगेर जनतालाई भेट्ने कार्य गरेका छन् भने आफू यसपाली स्वतन्त्र प्रार्थीको रूपमा खड़ा भएको बताउँदै जनतालाई भोट गरिदिने निवेदन गरेका छन्। यस भ्रमण अवधि खरसाङ गिध्द पहाड़ समष्टिको स्वतन्त्र उम्मेद्वार सन्तकिशोर गुरुङले जीटीए सम्झौतामा उल्लेखित विभिन्न विकास कार्यको जानकारी माग्दै नेताहरूलाई प्रश्न तेर्साएका छन्। उनले बन्सल कम्पनीद्वारा पिड़ित मजदुरहरूसित आफू साथमा रहेको पनि बताएका छन्।









