राजबारी टीम इलेभेन र ब्राइट स्पोर्टिंग क्लब फाइनलमा

IMG_20220618_202243.jpg

१८ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा जारी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा सेमिफाइनल म्याच खेलियो। आज भएको सेमिफाइनलमा राजबारी टीम इलेभेनले २ नम्बर बस्तीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आमिर लामा र निमोङ तामाङले गोल गरे। यसरी नै २ नम्बर बस्तीबाट गणेश लिम्बुले गोल गरे। अन्य एउटा सेमिफाइनलमा सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबले एलजीएससी खप्रेललाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट खोकन रोयले २ र बिक्की साईबोले १ गोल गरे।

About Author

Advertisement