कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २८८ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले कसैको मृत्यु भएन। यसरी नै यस अवधिमा ६९ जना कोरोनामुक्त पनि भएको छन्।
हालसम्म बङ्गालमा २०,२१,५५५ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९८,७२३ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२०७ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ११,९१७ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,४५६,१०८ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८७℅ र सकारात्मक दर २.४२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,०९६,२८० जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।









