खरसाङ: युनाइटेड क्रिश्चियन माईनोरिटी अर्गनाइजेशन (युसीएमओ) को आयोजनामा खरसाङ महकुमा अस्पताल परिसरमा सरसफाई गरियो। युसीएमओ खरसाङ महकुमाअन्तर्गत पर्ने विभिन्न चर्चका प्रतिनिधिहरूले खरसाङ अस्पतालको विभिन्न क्षेत्रहरू सरसफाई गर्ने कार्य गरे। खरसाङ अस्पताल परिसरमा रहेको गल्ली, मैला शौचालयहरू, सिँढ़ीहरू, कर्मचारी क्वाटर परिसरहरू लगायत नालीहरू सबै सरसफाई गरिएको छ। खरसाङमा सरसफाई विषयमा युसीएमओ खरसाङका प्रतिनिधि पास्टर पावल योञ्जनले भने, ‘हामी युसीएमओ खरसाङको टोलीद्वारा खरसाङ अस्पतालमा सरसफाई गर्ने कार्य गरिएको छl हामी खरसाङकै भएका हुनाले हाम्रो ठाउँको यो अस्पतालमा सरसफाई गरेका हौँl हामी सबैले हाम्रो क्षेत्रको सरसफाई गर्नुपर्छl’










