सोनादामा दार्जीलिङ पुलिसद्वारा रक्तदान शिविर सम्पन्न

DP

सोनादा: दार्जीलिङ पुलिसको तत्वावधान र सोनादा पुलिस आउट पोष्टको आयोजनामा सोनादामा रक्तदान शिविर सम्पन्न भएको छ। उक्त रक्तदान शिविरमा सोनादा र वरिपरिका ४० भन्दा अधिक मानिसहरूले रक्तदान गरे। यस अवसरमा दार्जीलिङ पुलिसको एएसपी सन्दीप कराई, सोनादा पुलिस आउट पोष्टकी ओसी बन्दना प्रधान, एएसआई फुर्बा पाख्रीन लगायत अन्यहरू पुलिस अधिकारीहरू उपस्थित रहेका थिए। उक्त रक्तदान शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ पुलिसको एएसपी सन्दीप कराईले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन र दार्जीलिङ पुलिसको तत्त्वावधानमा शनिबार सोनादामा रक्तदान शिविरको आयोजना गरिएको बताएका छन्। उनले रगतका बिमारीको लागि आपतकालीन सेवाको लागि हो भन्दै समाजको लागि दार्जीलिङ पुलिसको तर्फबाट सानो योगदान रहेको बताएका छन्। एएसपी कराईले मानिसहरू सबैलाई रक्तदान गर्ने निवेदन पनि गरेका छन्।

About Author

Advertisement