प्रार्थी नवराज छेत्रीको पक्षमा तीनधारे चियाबारी र नयाँ कमानमा चुनावी सभा

IMG-20220618-WA0143.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको पक्षमा समष्टीको तीनधारे चियाबारी र नयाँ कमानमा चुनावी सभा सम्पन्न भएको छ। तीनधारे चियाबारीको चुनावी सभा ट्रेड युनियनको बुथ सभापति सुकवीर राईको अध्यक्षता र जोनल सभापति सनबहादुर तामाङको सञ्चालनमा सम्पन्न भएको छ। यस चुनावी सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, पाल्साङ तामाङ, तीनधारे चियाबारीको को-अर्डिनेटर अर्जुन छेत्री र तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले सम्बोधन गरेका थिए। यस चुनावी सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, जोनल सभापति गणु छेत्री, समष्टि सभापति रबीन सुब्बा, उपाध्यक्ष राजु लामा लगायत अन्यहरू उपस्थित थिए।
भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको पक्षमा समष्टीको नयाँ कमानमा पनि चुनावी सभा सम्पन्न भएको छ। उक्त सभा बुथ सभापति अनिल तामाङको अध्यक्षता र मिलन प्रधान अनि अजितकुमार बलको सञ्चालनमा सम्पन्न भएको छ। चुनावी सभालाई तीनधारे महानदी समष्टिको सदस्य धिरेन प्रधानले स्वागत सम्भाषण राखेका थिए। चुनावी सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्ष राजेन प्रधान, केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, जोनल सभापति गणु छेत्री, नयाँ कमान शाखाको सभापति राजेन बम्जन, बिनोद तामाङ साथै प्रार्थी नवराज छेत्रीले सम्बोधन गरेका थिए। वक्ताहरूले आगामी जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीलाई भोट दिने अपिल गरेका छन्।

About Author

Advertisement