अण्डर-१६ युथ फूटबलः युनाइटेड सिलगढ़ी एफए फाइनलमा

IMG-20220618-WA0133.jpg

१८ जूनः सुबोथ फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित अण्डर-१६ युथ लीग नक्आउट फूटबल टुर्नामेण्ट २०२२ अन्तर्गत शनिवार दोस्रो सेमिफाइनल म्याच खेलियो। मिलनमोड़को सेण्ट जोन्स स्कूल नजिक मेचे बस्तीमा स्थित नेटवर्क मिनिष्ट्री सेण्ट्रल खेल मैदानमा आज भएको म्याचमा युनाइटेड सिलगढ़ी फूटबल एकाडमीले मिलनमोड़ फूटबल एकाडमीलाई ६-२-ले पराजित गरी फाइनलमा स्थान बनायो।

म्याचमा विजेता टीमबाट फरवर्ड एनोस राईले ह्याट्रिकसहित एक्लैले ४ गोल गरे। म्याचमा मध्यान्तरसम्म स्कोर २-२-को बराबरीमा रहे पनि दोस्रो हाफमा ४ गोल थपेर युनाइटेड सिलगढ़ी एफए-ले फाइनलमा प्रवेश गऱ्यो। अब सोमवार हुने फाइनलमा युनाइटेड सिलगढ़ी एफए-ले युनाइटेड सिक्किम एफए-को चुनौती स्वीकार्नेछ।

About Author

Advertisement