गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग आज एमबीबीएस पहिलो वर्षमा अध्ययनरत अविदान तामाङले मिन्तोकगाङमा भेट गरे। उनी नाम्ची जिल्लाअन्तर्गत नामथाङ लोवर नागी निवासी हुन्। पिता पूर्ण कुमार तामाङ अनि माता अबिगेल तामाङका छोरा अविदान यहाँकै मणिपाल मेडिकल कलेजका छात्र हुन्। यस भेट अवधि मुख्यमन्त्री तामाङले विद्यार्थीको पढ़ाई पूरा गर्न आफ्नो पक्षबाट आवश्यक सहयोग पुऱ्याउने विद्यार्थी अनि अभिभावकद्वयलाई आश्वासन दिए।
मुख्यमन्त्रीद्वारा यसरी एमबीबीएस अध्ययनको निम्ति सहयोग पाउने भएपछि उनीहरूले मुख्यमन्त्री पीएस गोलेप्रति कृतज्ञता प्रकट गरेका छन्।










