कालचिनी। दलसिंहपाड़ा जीएसटी मोड़ संलग्न रहेको बिहीबारे सेतुको एकछेउ भत्किएर सेतु धराप बनेकोले आजदेखि उक्त सेतु भएर वाहनहरुको आउजाउ बन्द गरिदिएको छ।

लगातार परिरहेको मुसलधारे बर्षाले उक्त सेतुको सुरक्षा बाँध सबै भत्किन्दै जाँदा ज़मीन गिलो भएकोले सेतुको एकछेउ भत्किएको र कुनै पनि समय उक्त सेतु ढल्नु सक्ने अवस्थामा रहेको स्थानीय बासिन्दाहरुले जनाएका छन। कुनै प्रकारको ठूलो दुर्घटना नहोस भनेर प्रशासनले उक्त सेतुबाट मालवाहक वाहनहरुको चलाचललाई बन्द गरिदिएको छ भने पैदल हिँड़नलाई एकछेउ औ खाली र हल्का मोटरबाइक र अटो वाहनलाई आरपार हुन दिएको स्थानीय पुलिस प्रशासनले जनाएका छन्।

यथाशीघ्र यस सेतुको मरम्मती नगरिए जयगाउँ र कालचिनी, हाँसीमारा, दलसिंहपाड़ामाझ सड़क सम्पर्क विछिन्न बन्ने आशङ्का गरिएको छ। लगातार पानीले खोतालेको कारण उक्त सेतुको एकछेउ भत्किएकोले धराप बनेको स्थानीय बासिन्दाहरूले जनाएका छन्।











