आईएनटीटीयूसी को दुई गुट सिलगढीरेगुलेटेड मार्केटमा एक-अर्काको सामुधरनामा

IMG_20230503_185856.jpg

सिलगढी: सिलगढीको रेगुलेटेड मार्केटमा तृणमूल काङ्ग्रेसको श्रमिक सङ्गठन आईएनटीटीयूसी को दुई गुट एक- अर्काको सामु धरना प्रदर्शनमा बसेका छन्। स्मरण रहोस, गत केही दिन अघि रेगुलेटेड मार्केटको एउटा गद्दीमा काम गरिरहेका ६ जना मजदूरलाई आईएनटीटीयूसी को श्याम यादव गुटले कामबाट निकाली दिएपछि आईएनटीटीयूसीको उमा शंकर गुटले यसको विरोध शुरू गरेको छ। यसपछि मार्केटमा तृणमूल काङ्ग्रेसको श्रमिक सङ्गठन आईएनटीटीयूसी भित्र चलिरहेको आपसी गुटबाजी सबै सामु देखा परेको छ। यस विषयलाई लिएर आज उमा शंकर गुटले वार्ड पार्षद दिलीप बर्मनलाई साथमा राखेर मार्केटमा धरना प्रदर्शन शुरू गरेको छ जबसम्म मार्केटमा गुटबाजी अनि ६ मजदूरलाई काममा राख्दैन तबसम्म धरना प्रदर्शन जारी रहने तिनीहरूको भनाई रहेको छ। यस विषयमा पार्षद दिलीप बर्मनले बताए अनुसार मार्केटको यो समस्या आईएनटीटीयूसी को जिल्ला नेतृत्वको कारणले उत्पन्न भएको हो। मार्केटमा उमा शंकरलाई लिएर नयाँ कमिटी बनाए पछि फेरि ९ महिना पछि केही नभनी श्याम यादवलाई लिएर दोस्रो कमिटी बनाए पछि नै मार्केटमा समस्या उत्पन्न भएको तिनले बताए। पार्षद दिलीप बर्मनले जबसम्म मार्केटको समस्या पूर्ण समाधान हुँदैन तबसम्म यसप्रकारको धरना चलल्ने बताएका छन्।अर्कोतिर, मार्केटको आईएनटीटीयूसी को दोस्रो गुट श्याम यादवका समर्थकहरूले धरना प्रदर्शन शुरू गरेका छन्। तिनीहरूले पार्षदले गर्दा मार्केटको माहौल अशान्त गरेको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement