सिलगढी: कञ्चनकन्या एक्सप्रेस ट्रेनबाट धेरै मात्रामा गाँजा आरपीएफ टीमले जफत गरेको छ।यस मामिलामा तर हालसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन। अलीपुरद्वारबाट सिलगढी जंक्शन रेलवे स्टेशन आइपुगेपछि कञ्चनकन्या एक्सप्रेस रेलमा जाँच अवधि टाउन आरपीएफको टीमले एउटा नीलो रंगको लावारिस बेग फेला पारेपछि यसको छानबिन गर्दा त्यहाँभित्र गाँजाको दुई प्याकेट उद्धार गर्यो। यस अवधि आरपीएफको टीमले सो बेगको मालिकलाई खोजी गरे तापनि कोही भेट्टाएन। आरपीएफ सूत्रले दिएको जानकारी अनुसार बेगबाट आठ किलो गाँजा उद्धार गरेको छ। जसको अनुमानित बजार मूल्य एक लाख रुपियाँ रहेको छ। आरपीएफ-ले जफ्त गरेको गाँजा सिलगढी जंक्शन टाउन जीआरपी लाई सुम्पिदिएको बताइएको छ। आरपीएफ अनि जीआरपी ले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।










