समिति बनाएर मामिलालाई खेल मन्त्रीले दबाउने प्रयास गरेको आरोप लगाइन् विनेश फोगाटले

IMG-20230503-WA0120.jpg

३ मईः भारतकी शीर्ष महिला पहलवान (रेसलर) विनेश फोगाटले पूर्वमा भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-ले यौन उत्पीड़नको मामिलाहरूलाई दबाएर राखेको अनि यसपाली खेल मन्त्री अनुराग ठाकुरले पनि ठोस कार्वाही गर्नुको सट्टा निरीक्षण प्यानल बनाएर त्यही काम गरेको आरोप लगाइन्। पहलवानहरूका विरोधमा सबैभन्दा ठूलो नाम बनेर अघि आउने विनेशले राष्ट्रिय शिविरको अवधि पहिला पनि दुईपल्ट यौन उत्पीड़नको मामिला अघि आएको तर डब्ल्यूएफआई-ले ती मामिलाहरूलाई दबाउनमा सफल रहेको दावी गरिन्। विश्व च्याम्पियनशीपमा पदक विजेता विनेशले बताएअनुसार, नालिशकर्ताहरूले खेल मन्त्रीसँग बैठकको समय आफूसँग भएको घटनाहरू साझा गरेकी थिइन् तर उनले निरीक्षण प्यानल गठन गर्नु बाहेक अरू केही गरेनन्। सरकारबाट यस मामिलामा जाँचको आश्वासन प्राप्त भएपछि पहलवानहरूले जनवरीमा आफ्नो विरोध फिर्ता लिएका थिए अनि सरकारले डब्ल्यूएफआई प्रमुख बृजभूषण शरण सिंह विरुद्ध यौन उत्पीड़नका आरोपहरूको जाँचको निम्ति ५ सदस्यीय प्यानल गठन गरेको थियो।
विनेशले भनिन्, २०१२-को राष्ट्रिय शिविरको अवधि एउटा पुलिस स्टेशनमा यौन उत्पीड़नको नालिश दर्ता गरिएको थियो। त्यस घटनालाई २४ घण्टाभित्र दबाइयो। त्यसपछि २०१४-मा एकजना फीजियो, जो गीता फोगाटका ट्रेनर पनि थिए, ले यस्तो मामिला उठाएका थिए तर उनलाई २४ घण्टा भित्र शिविरबाट हटाइयो। त्यसपछि उनकी पत्नीले कुनै पनि प्रतियोगितामा हिस्सा लिन सकिनन्। हामीले आफ्नो विरोध शुरु गर्न तीन महिना अघि एकजना सरकारी अधिकारीलाई कसरी महिला पहलवानहरूसँग यौन उत्पीड़न भइरहेको छ अनि कसरी उनीहरूलाई मानसिक रूपले प्रताड़ित गरिँदैछ भन्ने सबैथोक सम्झाएका थियौं। त्यसपछि ३-४ महिना प्रतीक्षा गर्दा पनि केही नहुँदा हामी जन्तर-मन्तर गएका थियौं। हामीले खेल मन्त्रीसँग भेटघाटमा महिला पहलवानहरूसँग भएको यौन उत्पीड़नको अलग-अलग घटनाहरू साझा गऱ्यौं। केटीहरू उनको अघि रोईरहेकी थिइन् तर त्यस समय कुनै कार्वाही भएन। खेल मन्त्रीले एउटा समिति बनाएर फेरि मामिलालाई दबाउने प्रयास गरे। हामीले यस मुद्दालाई हरेक स्तरमा उठाउने प्रयास गऱ्यौं तर मामिलालाई प्रत्येकपल्ट दबाउमा प्रयास गरियो।
एशियाई खेलहरूमा स्वर्ण पदक विजेताले उनीहरू १२ सालसम्म चुप किन बसेका थिए भन्ने मानिसहरूले अहिले बुझेको पनि बताइन्। उनले भनिन्, हामी खेल्न चाहन्थ्यौं। हाम्रो करियर जोखिममा थियो। यसैकारण हामीसँग मुख खोल्ने आँट थिएन। अहिले हामी आफ्नो करियरको यस्तो चरणमा पुगिसकेका छौं, जहाँ हामी बोल्न सक्छौं। एकजना शक्तिशाली व्यक्ति विरुद्ध उभिनु कहिले सजिलो हुँदैन। साक्षी मलिकले बताएअनुसार, विरोधको पछि ट्रायलबाट छूट माग्ने प्रयास रहेको कुरा पनि सही होइन, जस्तो अहिले मीडियामा देखाइँदैछ। विनेशले दिल्ली पुलिसले आफ्नो काम सही तरिकाले नगरेको पनि आरोप लगाइन्। उनले भनिन्, दिल्ली पुलिसले अहिलेसम्म कुनै बयान दर्ता गरेको छैन। उनीहरू ताकत र पदको उपयोग गरी पीड़ितहरूका मनोबल तोड़्ने प्रयास गरिरहेका छन्। उनीहरू त उल्टा बृजभूषणलाई हरेक क्षणको जानकारी दिनमा व्यस्त छन्। हामीलाई अब उच्चतम न्यायालयबाट मात्र न्यायको आशा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *