एशिया कप २०२३-को निम्ति क्वालीफाई गरेर इतिहास रच्यो नेपालले

IMG-20230503-WA0121.jpg

३ मईः नेपाल क्रिकेट टीमले इतिहास रच्यो। असम्भवलाई सम्भव गर्दै नेपालको टीमले एसीसी एशिया कप २०२३-को निम्ति क्वालीफाई गऱ्यो। नेपालको टीमले पहिलोपल्ट टुर्नामेण्टको निम्ति क्वालीफाई गरेको छ। एसीसी प्रीमियर लीगमा नेपालले फाइनलमा शक्तिशाली यूएई-लाई पराजित गरी एशिया कप खेल्ने अधिकार हासिल गऱ्यो। यस टुर्नामेण्टको निम्ति ५ वटा टीम पहिलादेखि नै तय थियो, जसमा भारत र पाकिस्तानको साथमा श्रीलंका, बंग्लादेश र अफगानिस्तान सामेल छ। म्याचको कुरा गर्दा नेपाल टीमका कप्तान रोहित पौड़ेलले टस जितेर पहिला फील्डिंग गर्ने फसेला गरे। कप्तानको फसेला सही साबित भयो अनि कीर्तिपुरको त्रिभुवन यूनिभर्सिटी इण्टरनेशनल क्रिकेट ग्राउण्डमा पहिला ब्याटिंग गर्दै यूएई-को टीम ३३.१ ओभरमा ११७ रन बनाएर अलआउट भयो। आसिफ खानले सर्वाधिक ४६ रन बनाए। नेपालका बलरहरूमा ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। यसबाहेक सन्दीप लामिछाने र करण केसी-ले २-२ विकेट लिए। जवाफमा नेपालको टीमले ३०.३ ओभरमा ३ विकेट गुमाएर ११८ रनको लक्ष्यलाई हासिल गऱ्यो। गुलशन झा-ले अविजित ६७ र भीम सार्कीले अविजित ३६ रन बनाए।

About Author

Advertisement