अग्निपथ योजनालाई मुख्यमन्त्री प्रेमसिंह तामाङले बताए एक महान कार्य

IMG_20220617_230551.jpg

गान्तोक। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सुरक्षा सम्बन्धी क्याबिनेट समितिद्वारा अग्निपथ योजना लागू गर्ने हालैको निर्णयलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले एक महान कार्यको संज्ञा दिएका छन्। यो योजनाअन्तर्गत देशका १७ वर्षदेखि २१ वर्षसम्मका योग्य युवाहरू भारतीय अर्द्धसैनिक बलमा भर्ना हुनसक्छन् अनि उनीहरूलाई अग्निवीर भनेर चिनिनेछ। यस योजनाले विगत दुई वर्षमा सशस्त्र बलको अभावलाई पूरा गर्नेछ अनि हाम्रा युवाहरूका लागि बाटो खोल्नेछ भन्ने मुख्यमन्त्रीले आफ्नो फेसबूक पेजमार्फत मन्तव्य व्यक्त गरेका छन्। सिक्किम सरकारले राज्यका अग्निवीरहरूलाई उनीहरूको कार्यकाल पूरा भएपछि विभिन्न पुलिस सेवाहरूमा प्रत्यक्ष भर्तीको सुविधा दिने पनि मुख्यमन्त्रीले अवगत गराएका छन्।

यस्तो महत निर्णयको निम्ति राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहप्रति कृतज्ञता प्रकट गरेका छन्। यसले प्रतिरक्षण प्रणालीलाई बलियो बनाउने साथै हाम्रा युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने मुख्यमन्त्रीले बताएका छन्।

जानकारी गराइन्छ, अग्निपथ योजनामार्फत अधिकारीको पदभन्दामुनि युवाहरूलाई भर्ना गरिनेछ। अग्रपंक्तिमा युवा सेनाहरू, जसमध्ये धेरै चार वर्षको अनुबन्धमा हुनेछन्। यो परियोजनामार्फत भारतीय सेना, नौसेना र वायुसेनालाई थप युवा शक्ति प्रदान गरेर नवऊर्जा भर्ने तयारी गरिएको छ।

About Author

Advertisement