राज्यपाल गंगा प्रसादले दिए बाइकर्सहरूलाई शुभकामना

IMG-20220617-WA0151.jpg

गान्तोक। त्रिशक्ति सौर्यद्वारा १५ जुन सुकनाबाट शुरु गरेको मोटरबाइकर्सहरूको समूहले आज राजभवनमा राज्यपालसँग भेट गरे। उक्त बाइकर्सहरूको समुहमा भारतीय सेनाका सजानहरू सहित सिक्किम पर्यटन विभाग, वन विभाग, सिक्किम पुलिस अनि आईटीबीपीका जवानहरू रहेका छन्।

१८,६०० फीटको उचाइमा रहेको डोङखालासम्म पुग्ने उद्देश्यले शुरु गरिएको यो अभियानमा संलग्न जवनाहरूलाई राज्यपालले हौसला प्रदान गर्दै शुभकामना व्यक्त गरे। उक्त टोलीले पहिलो दिन १२० कीमीको दुरी तय गर्दै सुकनाबाट रिनाक पुगेका थिए। दोस्रो दिन टोली जलुक हुँदै नाथुला पुगे अनि टोली आज १७ माइलबाट राजभवन आइपुगेका हुन। तिनीहरू भोली गान्तोकबाट लाचेनसम्म पुग्नेछन् अनि त्यहाँबाट १८,६०० फीटको उचाइमा अवस्थित डोङखालाको निम्ति प्रस्थान हुनेछन्। १८,६०० फीटको उचाइमा अवस्थित डोङखालासम्म अहिलेसम्म कुनै पनि बाइकर्सको समुह पुग्नसकेका छैनन्। यो टोलीको प्रयास सफल भए तिनीहरूले रेकर्ड कायम गर्ने सम्भावना छ।

About Author

Advertisement