कालेबुङ: गोरामुमो वरिष्ठ नेता कालेबुङ पेदोङ निवासी रोशन लामाको हिज राती निर्मम हत्या भएको अनुमान गरिएको छ।उनको पार्थिव शरीर पोस्टमार्टम गरेर आज घर ल्याइयो।आज गोरामुमो अध्यक्ष मन घिसिङ बिधायक निरज जिम्बा, गोरामुमो शीर्ष नेतृत्ववर्ग लगायत कार्यकर्ताहरु रोशन लामालाई श्रद्धाञ्जली अर्पण गर्न कालेबुङ पुगे। यसैक्रममा गोरामुमो अध्यक्ष मन घिसिङले पत्रकारहरुलाई सम्बोधन गरेका छन्।









