खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टिबाट भागोप्रमोको प्रार्थी श्याम शेर्पाको पक्षमा युवा शक्तिद्वारा चुनाव प्रचार गरिएको छ। युवा शक्ति २८ नम्बर समष्टिद्वारा श्याम शेर्पाको पक्षमा चुनावी प्रचार कार्यलाई अघि बढ़ाउनलाई चिमनी देवरालीको विभिन्न स्थानहरूमा पोस्टरिङ साथै झण्डा लगाउने कार्य सम्पन्न गरिएको छ। युवा शक्तिद्वारा भागोप्रमो प्रार्थी श्याम शेर्पाको पक्षमा खरसाङको चिमनी, देवराली, सिमानाटार, छ माइल आदि स्थानहरूमा पोस्टरिङ साथै झण्डाहरू लगाउने कार्य सम्पन्न गरेका छन्। यसावधि युवा शक्तिद्वारा स्थानीय बुजुर्गहरूलाई खदार्पणसहित सम्मान गर्दै पोस्टरिङ गर्ने कार्य गरेका छन् । युवा शक्तिद्वारा पार्टीको पोस्टरिङ र झण्डा लगाउने कार्य विषयमा युवा शक्ति टका पक्षमा दिपेस थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।









