नेपाल नागरिकले सिक्किम सब्जेक्ट बनाएको सिक्किम मुलबासी सुरक्षा संगठनको दाबी

ddf040e1-d63b-461c-9451-95dc181c2095-2

गान्तोकः सिक्किम मुलबासी सुरक्षा संगठनले नक्कली सिक्किम सब्जेक्ट बनाएर स्थानीयहरूको हक-अधिकार खोस्नेहरू विरूद्ध आवाज उठाउँदै आएको छ। यसै क्रममा नेपालका एक नागरिकले सिक्किम सब्जेक्ट बनाएर राज्यमा घर जमीन किनेको संगठनका अध्यक्ष पीटी शेर्पाले दाबी गरेका छन्।

राजधानीस्थित संगठनको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले नेपाल नागरिक दिपक श्रेष्ठले नक्कली सिक्किम सब्जेक्ट बनाएर घर जमीन किनेको दाबी गरे। उक्त व्यक्तिको सिक्किम सब्जेक्ट शीघ्र खारेज गरिनु पर्छ भनी उनले सम्बन्धित निकायसमक्ष माग गरेका छन्।

आरोपित श्रेष्ठ मूलरूपमा नेपाल निवासी रहेको र केही वर्ष अघि मात्र उनले मिलन प्रधान नामक व्यक्तिको जमीन किनेको शेर्पाले जानकारी गराए। यस विषयलाई लिएर अध्यक्ष शेर्पाले रम्फूका महकुमा अधिकारीलाई दिपक श्रेष्ठको सिक्किम सब्जेक्ट शीघ्र खारेज गर्नु पर्छ भनी आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement