क्षेत्र विधायक तथा मन्त्री सन्जित खरेलद्वारा बिरामीलाई आर्थिक सहयोग प्रदान

ddf040e1-d63b-461c-9451-95dc181c2095-2

गान्तोकः नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री सन्जित खरेलले एक बिरामीलाई स्वास्थ्योपचार गराउन आर्थिक सहायता प्रदान गरेका छन्। नागी करेक ग्राम पञ्चायत एकाइको मिडल करेक निवासी रीता छेत्री बिरामी अवस्थामा रहेको कुरा थाहा लागेपछि मन्त्री खरेलले उनलाई स्वास्थ्य उपचारको लागि सहयोग गरेका हुन्।

आज बिहान एसकेएम पार्टीका समष्टि स्तरीय युवा उप-संयोजक सीके सुब्बाले उक्त सहयोग राशि बिरामी समक्ष हस्तान्तरण गरे। मन्त्री सन्जित खरेलले गरेको उक्त सहयोगको निम्ति लाभान्वित बिरामी साथै अभिभावकले हार्दिक कृतज्ञता व्यक्त गरेका छ।

About Author

Advertisement