अखिल किराँत राई संघ, सिक्किमद्वारा मुख्यमन्त्रीप्रति आभार प्रकट

IMG-20230502-WA0283.jpg

गान्तोकः राई भाषामा अध्ययन गर्न बाह्रौं श्रेणीसम्म पाउने भएपछि अखिल किराँत राई, सिक्किमले राज्य सरकारप्रति कृतज्ञता प्रकट गरेको छ।यसबारेमा आज गान्तोकको तादोङस्थित राई खिमको प्रेक्षागृहमा संगठनका अध्यक्ष मोहन दुङमालीका अध्यक्षतामा बसेको सभामा संगठनद्वारा राज्यका मुख्यमन्त्री साथै राज्य सरकारप्रति सम्पूर्ण किरावाहरूको पक्षबाट आभार प्रकट गरियो।संगठनको पक्षबाट मूल सचिव आरके वालिङले यसबारे एक विज्ञप्ति जारी गर्दै हाल राज्यमा राई भाषाका स्नातक र प्राथमिक शिक्षकहरु गरी जम्मा ११७ जना राज्यका विभिन्न पाठशाला अनि विद्यालयहरुमा कार्यरत रहेको बताएका छन्।

शिक्षा विभागअन्तर्गत राई भाषाका सह-निदेशक बीबी रोक्दुङले सम्पूर्ण प्रक्रिया पूर्ण हुनसाथै मुख्यमन्त्री पीएस गोलेले तत्कालै अनुमोदन गरिदिएपछि यो सम्भव भएको सभालाई जानकारी गराउँदै किरावाहरू उनीप्रति धन्यवादी हुनपर्ने विचार पोखे। यसरी नै राई भाषाका सह- पाठ्यपुस्तक अधिकारी केबी राईले सीबीएसईको मापदण्ड अनुसार पाठ्यपुस्तकमा पाठ्यक्रम योजना पूर्ण रूपले तयार भइसकेको जानकारी गराएका छन्। जानकारी गराइन्छ, यसअघि राई भाषामा विद्यार्थीहरूले दशौं श्रेणीसम्म मात्र अध्ययन गर्न पाउँथे भने अब सीबीएसईमा १२औं श्रेणीसम्म राई भाषामा अध्ययन गर्न पाउने राज्य सरकारले अनुमोदन गरिदिएको छ। थप पहलको निम्ति राज्य शैक्षिक अनुसंधान एवं प्रशिक्षण परिषदका समन्वयको अगुवाईमा आगामी १० मईभित्र नयाँ दिल्लीस्थित सीबीएसई कार्यालयमा राई भाषालाई बाह्रौं श्रेणीसम्म अध्ययनको निम्ति सीबीएसईमा एफिलिएशन गराउनको लागि जाने सह-निदेशक बीबी रोक्दुङले जानकारी गराएका छन्। आजको सभामा अखिल किरात राई संघ, सिक्किमका महासचिव जेपी राई, प्रमुख सल्लाहकार डा. एसके राई, उपाध्यक्ष मिलन राई, प्रचार सचिव विष्णु चामलिङ, कोषाध्यक्ष एसएस बोखिम, मूलसचिव आरके वालिङ, युवा प्रकोष्ठ सभापति मोहन राणा साम्पाङ, युवा प्रकोष्ठा मूल सचिव सुश्री कविता खालिङ, संविधान संसोधन मस्यौदा समितिका सदस्य अधिवक्ता प्रदीप राई, एटीबीओ अरुण राई, अखिल किरात राई संघ, सिक्किमका ६ वटै जिल्ला कार्यसमिति पदाधिकारी गण अनि ब्लक समितिका पदाधिकारी गण लगायत राई भाषाका शिक्षक, शिक्षिकागणको पनि सभामा उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement