रेलवेले पूर्वोत्तर क्षेत्रका तीर्थयात्रीहरूका लागि ‘भारत गौरव पर्यटक ट्रेन’ सञ्चालन गर्ने

77d97125-0e95-4e54-a89d-cfc9010f5aec

कालचिनीः आईआरसीटीसीका वरिष्ठ कार्यकारी अधिकारी डा. विश्वरञ्जन साहाले शुक्रबार अलिपुरद्वारको डीआरएम कार्यालयमा पत्रकार सम्मेलन मार्फत उपरोक्त कुराको जानकारी दिएका छन्। यो विशेष ट्रेन असम डिब्रुगढ़ रेलवे स्टेशनबाट २७ मईमा प्रस्थान गर्नेछ। तीर्थयात्रीहरूलाई अयोध्या राममन्दिर र वैष्णवदेवीका तीन मन्दिरलगायत क्षेत्रका विभिन्न पर्यटकीय केन्द्रमा घुमाउने व्यवस्था मिलाइनेछ। १० रात र ११ दिनको यात्रामा यात्रीको बस्ने र आवागमनको सम्पूर्ण व्यवस्था रेल विभागले गर्ने बताईएको छ।
उल्लेखनीय छ, उत्तर-पूर्वी रेलवे र आईआरसीटीसीको संयुक्त उद्यममा यो विशेष ट्रेन चलाउन पहल गरिएको बताईएको छ।
पत्रकार सम्मेलनमा आईआरसीटीसीका सिनियर कार्यकारी अधिकारी डा. विश्वरञ्जन सरकारले यसको टिकट कुनै रेलवे स्टेशनमा नभएर सोझै आईआरसीटीसी पोर्टलमा गएर आरक्षण लिईनु पर्ने वा आईआरसीटीसी अनुमोदित अनलाइन टिकट बूक गर्न सकिने जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *