नाबालिकालाई गर्भवती बनाएकोमा ७० बर्षीय वृद्धा पक्राउ

IMG-20230408-WA0112.jpg

कालचिनीः पोक्सो एक्ट ससक्त लागु भएर पनि समाजमा नाबालिका दुष्कर्म जस्ता अपराधमा नियन्त्रण आउन सकेका छैनन्।सभ्य अनि शिक्षित समाजमा पनि अचेल बारम्बार समाजलाई लज्जित तुल्याउने घटनाहरू प्रायः देख्न अनि सुन्न पाईरहन्छ। यस्तै एउटा शर्ममर्दो घटना डुवर्सको कुनै गाउँमा घट्न पुगेको जान्नमा आएको छ। डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको कुनै गाउँमा एकजना १३ बर्षीय नाबालिकाले प्रायः ७ महीनाको गर्भ धारण गरेको मामिला पुलिस समक्ष आएपछि पुलिसले यसको अनुसन्धान गर्ने क्रममा एकजना प्रायः ७० बर्षीय वृद्धालाई पीड़ित नाबालिकाको परिवारद्वारा कालचिनी थानामा अभियोग गरेको आधारमा पक्राउ गरेको छ।
पीड़ित नाबालिकालाई अलिपुरद्वार जिल्ला अस्पतालमा स्वास्थ्य जाँचको निम्ति लगिएको छ भने जाँच रिपोर्टको आधारमा पोक्सो एक्ट अन्तर्गत आरोपी विरुद्ध मामला दर्ता हुने पुलिस सुत्रले जनाएका छन्। एकजना बाजे समानको वृद्धाले यस्तो कुकर्म गरेको मामला सुनिएपछि गाउँलेहरूले कानुनले उक्त वृद्धा विरुद्ध कठोर सजाय तोक्नु पर्ने बताउँदै यस्ता नीच व्यक्तिहरूलाई गाउँमा राख्न नहुने अपील गरेका छन्।

About Author

Advertisement