विभिन्न ट्रेड यूनियनद्वारा मई दिवस पालन

19407f0c-5a63-465f-8dcd-06f3b4a25604

कालचिनीः आज विश्व मजदूर दिवस अर्थात मई दिवसको उपलक्ष्यमा डुवर्सको विभिन्न चियाबारीहरूमा विभिन्न राजनैतिक दल अधीनस्थ रहेको ट्रेड यूनियनहरूले आ-आफ्नो तरीकाले मई दिवस पालन गऱ्यो। यस क्रममा कालचिनी खण्डको २१ वटा भन्दा अधिक चियाबारीहरूमा मई दिवस पालन गरिएको देखियो।
आरएसपी समर्थित डीसीबीडब्ल्यूयू, सीपीआईएम समर्थित सीबीएमयू, एसयूसीआई, तृणमूल समर्थित टीसीबीएसयू, भाजपा समर्थित बीटीडब्ल्यूयू एवम् अन्यान्य ट्रेड यूनियनहरूद्वारा आ-आफ्नो यूनियनको झण्डा उत्तोलन गर्दै मई दिवस पालन गरेको देखियो। यसै क्रममा सोमबार मेचपाड़ा चियाबारीमा भाजपा समर्थित बीटीडब्ल्यूयू यूनिटले चिया श्रमिकहरूको अधिकार ससक्त बनाउने आह्वान गर्दै मई दिवस पालन गरेको जानकारी बीटीडब्ल्यूयू कालचिनी ब्लक सहसभापति हिमाल लामाले दिएका छन्। मेचपाड़ा चियाबारी यूनिटका सचिव आगन्तुस धनवार, सभापति आखिर लामा र विपिन केरकेट्टा एवम् अन्यान्य यूनिट सदस्यहरूको उपस्थितिमा यूनियनको झण्डा उत्तोलन गर्दै मई दिवस पालन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement