मुख्यमन्त्री ममता बेनर्जी फेरि मालदाको भ्रमणमा जाने

7170cafc83c82ca1d7bba46400c1517c_original.webp

कोलकाता: पश्चिम बंगालमा प्रस्तावित पञ्चायत चुनाउभन्दा अगाडि तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव र मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जी पार्टीको सफा छवि बनाउनका लागि जनसम्पर्क यात्रा गरिरहेका छन्।यसै क्रममा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री ब्यानर्जीले पनि उनलाई साथ दिन मालदा जाने भएकी छन्। आज अभिषेक ब्यानर्जीको उत्तर दिनाजपुरमा कार्यक्रम छ। त्यसपछि तीन मईमा उनी मालदामा हुनेछन् भने त्यही दिन मुख्यमन्त्री ब्यानर्जी पनि मालदा आइपुग्ने छन्। त्यहाँ प्रशासनिक बैठकका साथै अन्य कार्यक्रमहरूमा सहभागी बन्नेछन्।
राज्य सचिवालय सूत्रहरू अनुसार, मुख्यमन्त्री तीन मईमा मालदा जानेछन्। चार मईमा मालदा जिल्लाको प्रशासनिक बैठकमा सहभागी बन्नेछन्। यसावधि मुख्यमन्त्रीले अभिषेकसँग भेट गरेर उनलाई बधाई दिनेछन् र जनसम्पर्कको निम्ति मानिसहरूलाई विशेष सन्देश पनि दिनेछन्। त्यसपछि, दोस्रो दिन प्रशासनिक बैठकमा भाग लिएपछि उनी कोलकाता फर्किने छन्।उल्लेखनीय छ, अभिषेकको जनसम्पर्क यात्राबीच ममताको मालदा यात्रालाई महत्वपूर्ण मानिन्दैछ। ६० दिनसम्म चल्ने जनसम्पर्क यात्रा अन्तर्गत अभिषेक राज्यका प्रत्येक जिल्लामा घुमिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement