मिरिक छोटा टिङलिङमा क्रामाकपा द्वारा मई दिवस पालन

16-21-54-kra-1024x770.jpg

मिरिक: क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी मिरिक आञ्चलिक समितिले १३७ औ मई दिवस आज आञ्चलिक समितिको सचिव अर्जुन थापाको सभापतिमा छोटा टिङलिङमा पालन गयो। यस अवसरमा आञ्चलिक सचिव अर्जुन थापाको बाहुलीबाट पार्टीको झण्डा उत्तोलन गरियो। मई दिवसको महत्व र गरिमा विषयमाथि आञ्चलिक समितिका अध्यक्ष कैलास खवासले वक्तव्य राख्दै वर्तमान खटिखाने मजदुरहरूको अवस्थामाथि सरकारको कोल्टे नीति रहेको आरोप लगाउँदै तिनले यस प्रकारको नीतिको कडा शब्दमा विरोध जनाए। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता दिपेन भुजेलले सञ्चालन गरेको आजको मई दिवस कार्यक्रममा मिरिक टिङलिङ शाखा मिरिक क्षेत्रका क्रामाकपा समर्थकहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement