२१ जूनः फूटबलको वैश्विक सञ्चालन संस्था फीफा र एशियाई फूटबल परिसंघ (एएफसी)-को संयुक्त दलले संशोधित संविधानअन्तर्गत राष्ट्रिय महासंघको लामो समयदेखि लम्बित चुनाउलाई चाँड़ोभन्दा चाँँड़ो गराउने विषयमा चर्चा गर्न बुधवार भारतीय फूटबलका हितधारकहरूसँग भेट गर्नेछ। फीफा र एएफसीको प्रतिनिधिमण्डलले उच्चतम न्यायालयद्वारा नियुक्त प्रशासकहरूका समिति (सीओए) सहित हितधारकहरूसँग बीतचीतको अवधि अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को चुनाउलाई समयसीमा भित्र गराउने अनि संशोधित संविधानको अनुपालनको स्थितिबारे जानकारी लिनेछ।
यस दलको अगुवाई एएफसीका महासचिव दातुक सेरी विण्डसर जनले गरिरहेका छन्, जसमा फीफाका सदस्यको रूपमा केनी जीन मेरी (मुख्य सदस्य संघ अधिकारी) र नोडर अखलकत्सिय (निदेशक रणनीतिक परियोजनाहरू अनि सदस्य संघ) सामेल छन्। यस दलमा एएफसीका उप महासचिव वाहिद करदानी र दक्षिण एशियाई एकाईका प्रमुख पुरुषोत्तम कत्तेलबाहेक मध्य एशियाका सीनियर प्रबन्धक योगेश देसाई सामेल छन्। संयुक्त दलले सीओए सदस्यहरू, एआईएफएफका पूर्व अध्यक्ष प्रफुल्ल पटेलसँग भेट गर्नेछ। यस दलले २३ जूनमा प्रस्थान गर्न अघि खेल मन्त्री अनुराग ठाकुरसँग पनि भेट गर्नेछ। एआईएफएफ-सँग सम्बन्धित राज्य एकाईका एकजना सदस्यले भने, फीफा-एएफसी दलले विभिन्न हितधारकहरूसँग बातचीत गर्नेछ। उनीहरूले भारतमाथि प्रतिबन्ध लगाउने छैनन्। आउँदो केही दिनहरूमा प्रतिबन्ध लगाइने सम्भावना एकदमै कम्ती रहेको छ। फीफा एएफसी दलले भारत अघि केही शर्तहरू राख्नेछ। ती शर्तहरूलाई नमाने चाहिँ प्रतिबन्ध लाग्न सक्छ।