सिलगढी: मई दिवसको अवसरमा न्यू जलपाईगुडी इन्टकले सोमबार डीएस कोलोनी क्षेत्रमा न्यू जलपाईगुडी स्टेशन परिसरमा काम गर्ने मजदुरहरूको लागि एक कार्यक्रमको आयोजना गर्यो। आज बिहान इन्टक पार्टी कार्यालयमा इन्टकका अध्यक्ष सुजय सरकारले राष्ट्रिय झण्डा फहराए अनि श्रमिक बेदीमा श्रद्धाञ्जली अर्पण गरे ।साथै श्रमिकहरुलाई निशुल्क कपडा वितरण र स्वास्थ्य परिक्षण समेत गरिएको थियो। यस अवसरमा न्यू जलपाईगुडी इलाकामा लामो समयदेखि रिक्सा चलाउँदै आएका एक रिक्सा चालकलाई सहयोग गरियो। ती रिक्सा चालककी छोरीको केही दिनपछि बिहे हुने भएकोले यो विवाहका लागि रिक्सा चालकलाई सहयोग स्वरुप संस्थाले आर्थिक सहयोग प्रदान गर्यो।