सिलगढी: अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सामान्यतया मई दिवस भनिन्छ। यो हरेक वर्ष १ मईको दिन विश्वभर मनाइन्छ। यो अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सव मनाउने दिन हो। विश्वका विभिन्न देशमा रहेका श्रमजीवी तथा मजदुर संगठनहरुले सडकमा संगठित जुलुस निकालेर यो दिवस मनाउने गर्दछन् ।सिटु अखिल भारतीय बस्ती महासंघले आज देशका अन्य ठाउँ सरह सिलगढी सहरमा पनि श्रमिक हक-अधिकार सम्बन्धी र्याली निकल्यो। मई दिवसको अवसरमा निकालिएको सो र्याली सिलगढीको मल्लागुडी स्थित खुदिराम बोसको शालिक अगाडिबाट सुरु भई सिलगढी सहरका विभिन्न गल्ली परिक्रमा गरी बाघजातिन पार्कमा समापन भयो। आजको र्यालीमा विभिन्न तहका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।आज यस कार्यक्रम मार्फत पश्चिम बङ्गाल राज्य विद्युत मजदुर युनियनका वर्तमान अध्यक्ष नवीन लामाले सिटुमा सामेल भएर केन्द्र सरकारको विद्युत् संशोधन विधेयक २०२२ को विरोध गरिरहेको बताए । यता सिटुका दार्जिलिङ जिल्ला अध्यक्ष समन पाठकले आज सम्पूर्ण ट्रेड युनियनले मजदुर दिवस मनाउने बताए ।










