प्रेसिडेन्सी विश्वविद्यालयको शौचालयमा छात्राको भिडियो बनाएको आरोप

1655027936_presidency1-1.jpg

कोलकाता: कोलकाताको प्रसिद्ध प्रेसिडेन्सी विश्वविद्यालयमा शौचालयमा एक छात्राको भिडियो बनाएको आरोप छात्रमाथि लागेको छ ।विश्वविद्यालयको डिरोजियो भवनमा केटा-केटी दुवैको शौचालय छेउ छाउमा छ शौचालयको बीचमा एउटा भित्ता छ। भित्ताको माथिल्लो भाग खाली छ। उक्त खाली ठाउँबाट एक छात्रले हात बाहिर निकालेर भिडियो बनाउने प्रयास गरेको आरोप छ। यस सम्बन्धमा डीन समक्ष सिकायत दर्ता गरिएको छ। विश्वविद्यालय सूत्रहरू अनुसार, घटनापछि सीसीटीभी फुटेज हेरियो। आरोपित छात्रलाई समातिएको छ। उसले माफी माग्दै आफ्नो भूल स्वीकार गरेका छन्। पीड़ित छात्राले रजिस्ट्रार समक्ष सिकायत दर्ता गराएकी छन्। रजिस्ट्रार देवज्योति कोनारले सोमवार भने, घटनाको जाँच चलिरहेको छ। यो घटना गत हप्ताको हो यसको रिपोर्ट बनाएर विश्वविद्यालयको अनुशासन रक्षा समितिलाई सुम्पिने छ। यस्ता मामिलाहरूमा विश्वविद्यालयले जिरो टलरेन्सको नीति अपनाउँछ। आरोपित छात्र विरूद्ध कड़ा कारबाही गरिने छ।

About Author

Advertisement