विधायक निरज जिम्बाद्वारा क्यान्सर रोगीलाई आर्थिक सहयोग

IMG_20230501_142149.jpg

मिरिक: सौरेनी पानीघट्टा समष्टि अन्तर्गत खर्बने निवासी क्यान्सर रोगी रामे राईलाई दार्जिलिङका विधायक निरज जिम्बाले गोरामुमो आर्थिक सहयोग प्रदान गरे। क्यान्सर रोगले ग्रस्त भएपछि हाल रामे राईले आफ्नो उपचार गराइरहेका छन्। परिवारको आर्थिक अवस्था धेरै कमजोर रहेकोले गर्दा विधायक निरज जिम्बालाई पत्राचार गरेर सहयोग मागेपछि तिनले आफ्नो निजी कोषबाट आर्थिक सहयोग प्रदान गरेको गोरामुमो मिरिक ब्राञ्च कमिटीका अध्यक्ष महेन्द्र खड्काले जानकारी गराएका छन्। तिनले दिएको जानकारी अनुसार विधायक निरज जिम्बाले प्रदान गरेको सहयोग राशि क्यान्सर पीडित रामे राईलाई हस्तान्तरण गरियो। अर्कोतिर, समष्टिका गोरामुमो सचिव दिपक गजमेरले परिवार अनि समष्टिको पक्षबाट विधायक जिम्बा प्रति आर्थिक सहयोगको लागि आभार व्यक्त गरेका छन्।

About Author

Advertisement