चाँडै बन्दे भारत रेल सिलगड़ीदेखि गुवाहाटीसम्म चल्ने

f77bb3d7-2af9-4033-bca4-675a76cfe480

कालचिनीः सम्भवतः आगामी ७ मईभित्रै भारत सरकारको रेल मन्त्रालयबाट सिलगढीदेखि गुवाहाटीसम्म बन्दे भारत स्पेशल ट्रेन चालु हुने जानकारी आइतबार अलिपुरद्वार डीआरएम दिलीपकुमार सिंहले दिएका छन्। आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मन की बातको १०० एपिसोड हेर्न अलिपुरद्वार जक्सनमा अलिपुरद्वार सांसद तथा केन्द्रिय अल्पसङ्ख्यक उपमन्त्री जोन बारला सहित अलिपुरद्वार डीआरएम दिलीपकुमार सिंह एवम् अन्यान्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो भने उक्त एपिसोडको समाप्ति पश्चात पत्रकारहरूसित कुराकानी गर्दै डीआरएम दिलीपकुमार सिंह र सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले अलिपुरद्वार जिल्लावासीको निम्ति चाँडै सुखबर रहेको बताउँदै बन्दे भारत एक्सप्रेस सिलगढ़ीदेखि गुवाहाटीसम्म चल्ने र यसको एउटा स्टोपेज न्यू अलिपुरद्वार रेल स्टेशन हुने यसको साथै अलिपुरद्वारदेखि गुवाहाटीसम्म एउटा इन्टरसिटी एक्सप्रेस पनि यसै मई महीनादेखि शुरु हुने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement