राज्यका ७२ जना स्टोन रोगीहरूको अपरेशन सिलगढीमा सम्पन्न

IMG-20230430-WA0359.jpg

गान्तोक: वर्तमान सरकारले राज्यमा स्वास्थ्य साथै शिक्षाको क्षेत्रमा प्राथमिकता दिँदै आइरहेको छ। विशेष गरेर सरकारले राज्यको सरकारी अस्पतालहरूमा स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आइरहेको कुरा सर्वविधित नै रहेको छ। यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा गरीब जनकल्याण प्रकोष्ठको पहलमा राज्यका स्टोन रोगीहरूलाई सिलगढ़ीको विभिन्न अस्पतालमा निःशुल्क शल्यक्रिया गराइयो। अहिले तेस्रो चरणको शल्यक्रिया न्योटिया अनि किन्स अस्पतालमा सम्पन्न भइरहेको छ। गरीब जनकल्याण प्रकोष्टका मुख्य समन्वयक मनोज लामाले जानकारी गराए अनुसार अहिलेसम्म राज्यबाट ७२ जना रोगीहरूको स्टोनको अपरेशनको निम्ति सिलगढी ल्याइको छ। कतिपय रोगीहरूको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको पनि उनले थप जानकारी गराए। यो तेस्रो चरणमा जम्मा २८ जना रोगीहरूको शल्यक्रिया भइरहेको उनले जानकारी गराउँदै न्योटियामा १८ अनि किन्स अस्पतालमा १० जनाको शल्यक्रिया भइरहेको जानकारी गराए। यो चरणमा गेजिङ, सोरेङ अनि नाम्ची जिल्लाका रोगीहरूको शल्यक्रिया भइरहेको अनि अर्को चरणमा मंगन, पाकिम अनि गान्तोक जिल्लाबाट पनि रोगीहरू ल्याइने उनले थप बताए।

राज्यलाई रोगमुक्त बनाउने उद्देश्यले वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार अनि मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले नै यी रोगीहरूलाई निःशुल्क शल्यक्रियाको निम्ति व्यवस्थापन मिलाइदिएकोमा उनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement