नाम्चीमा ३७वटा विद्यालयलाई लिएर विज्ञान प्रदर्शनी एवम् प्रतियोगिता आयोजित

IMG-20230430-WA0372.jpg

नाम्चीः समग्र शिक्षा, नाम्ची जिल्लाको पहलमा ३७ वटा निम्न माध्यमिक विद्यालयहरूलाई लिएर जुनियरवर्गमा विज्ञान प्रदर्शनी एवम् प्रतियोगिता आयोजना गरियो। उक्त प्रतियोगिता विशेष गरेर रोबोटिक टेक्नोलजीमाथि आयोजना गरिएको थियो।

यो प्रतियोगिता राष्ट्रिय अविष्कार अभियान अन्तर्गत आयोजना गरिएको हो भने यस प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य र लक्ष्य विज्ञान, गणित र टेक्नोलोजी शिक्षाको सम्भावनालाई गैर-कक्षाकोठा सेटिङहरूमा प्रयोग गरिनु रहेको छ। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा समग्र शिक्षाका परियोजना निर्देशक मिलन सुब्बा रहेका थिए भने विशिष्ट अतिथिमा नाम्ची जिल्लाका शिक्षा प्रमुख के. इनबराज लगायत अन्य अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

नाम्ची जिल्लामा यस प्रकारको प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो। उक्त प्रतियोगितामा तिनिक चिसोपानी निम्न माध्यमिक विद्यालय प्रथम भएको छ भने लिङयोङ निम्न माध्यमिक विद्यालय दोस्रो र बैसाल गाउँ निम्न माध्यमिक विद्यालयले तेस्रो स्थान ओगट्न सफल बनेको छ। सो प्रतियोगितामा निर्णायक मण्डलीको रूपमा विद्युत विभागका प्रमुख मुकेश शर्मा र एड्भान्स टेक्निकल ट्रेनिङ सेन्टर (एटीटीसी) का विशेषज्ञ डीबी तामाङ रहेका थिए।

About Author

Advertisement