राजभवन गान्तोकमा मन की बातको १०० औँ शृङ्खलाको विशेष प्रसारण आयोजित
– समाजका प्रभावशाली व्यक्ति, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, विद्यार्थी, राज्य र केन्द्र सरकार दुवैका अधिकारीहरू कार्यक्रममा उपस्थित भए
गान्तोकः “आज हामी मन की बातको १०० औँ शृङ्खला मनाउन यहाँ भेला भएका छौँ। यस कार्यक्रमको माध्यमबाट प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशका जनतासँग प्रत्यक्ष संवाद गर्छन् र उनीहरूले उठाएका समस्याहरू समाधान गर्ने प्रयास गर्छन्”, सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले ‘मन की बात’ को १०० औँ शृङ्खलाको विशेष प्रसारणमाथि बोल्दै भने। कार्यक्रम आज राजभवन, गान्तोक, सिक्किममा मन की बातको १०० औँ शृङ्खला मनाउनको लागि दूरदर्शन केन्द्र गान्तोकले आयोजना गरेको थियो। आकाशवाणीबाट हरेक महिना प्रसारण हुने ‘मन की बात’ को बारेमा कुरा गर्दै राज्यपालले यस कार्यक्रमबाट जनताले सरकारका नयाँ योजना र नीतिका बारेमा थाहा पाउने बताए। यस कार्यक्रमबाट देशका विभिन्न भागमा रहेका व्यक्तिका प्रेरणादायी कथाहरूरु आदानप्रदान हुने उनको भनाइ छ।
“३ अक्टोबर, २०१४ मा विजयादशमीको शुभ अवसरमा शुरु भएको रेडियो कार्यक्रम मन की बातको माध्यमबाट प्रधानमन्त्रीको अनौठो तथा प्रत्यक्ष सञ्चारमाध्यमले जनतालाई यस कार्यक्रमको १००औँ शृङ्खलाको हिस्सा बनाउन पाएकोमा आज हामी गौरवान्वित भएका छौँ”, राज्यपालले भने। उनले यो कार्यक्रमबाट प्रधानमन्त्रीले सबैलाई प्रेरणा दिएको बताए। कार्यक्रमको एक भागको रूपमा गान्तोकको राजभवनले सिक्किमका नागरिकहरूलाई आयोजन गरेको थियो, जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मन की बात’ का अघिल्लो शृङ्खलाहरूमा राज्यका अन्य प्रतिष्ठित व्यक्तित्वहरूबारे उल्लेख गरेका थिए। कार्यक्रममा द्रोणाचार्य पुरस्कार विजेता सन्ध्या गुरुङ, पद्मश्री पुरस्कार विजेता द्रौपदी घिमिरे, पद्मश्री पुरस्कार विजेता जीएस लामा र राष्ट्रिय शिक्षक पुरस्कार विजेता लोमस ढुङ्गेललगायत सिक्किमका चर्चित व्यक्तित्वहरू सहभागी थिए। कार्यक्रममा प्रतिष्ठित अतिथिहरूले पनि अन्तरक्रियात्मक सत्रमा भाग लिए र मन की बातमा आफ्ना विचारहरू साझा गरे। मन की बात कार्यक्रम स्वच्छ भारत, बेटी बचाओ बेटी पढाओ, जल संरक्षण, स्थानीयका लागि आवाज आदि जस्ता सामाजिक परिवर्तनको उत्पत्ति, माध्यम र प्रवर्द्ध भएको छ। कार्यक्रमले खादी, भारतीय खेलौना उद्योग, स्वास्थ्य, आयुष, अन्तरिक्ष इत्यादिमा स्टार्टअप जस्ता उद्योगहरूमा ठूलो प्रभाव पारेको छ। यसको नवीन र अद्वितीय अन्तरक्रियात्मक प्रस्तुतीकरणको शैलीको साथ कार्यक्रमले सञ्चारको एक अद्वितीय प्रतिमानको रूपमा आफ्नो लागि एउटा स्थान बनाएको छ।
एआईआरद्वारा मन की बात अङ्ग्रेजी बाहेक २२ भारतीय भाषा, २९ बोली र ११ विदेशी भाषाहरूमा अनुवाद गरिएको छ। यसमा हिन्दी, संस्कृत, पञ्जाबी, तमिल, तेलुगु, कन्नड, मराठी, गुजराती, मलयालम, ओडिया, कोंकणी, नेपाली, कश्मीरी, डोगरी, मणिपुरी, मैथिली, बङ्गाली, असमिया, बोडो, सन्थाली, उर्दू, सिन्धी सामेल छन्। बोलीहरूमा छत्तीसगढ़ी, गोण्डी, हल्बी, सरगुजिया, पहाड़ी, शिना, गोजरी, बाल्टी, लद्दाखी, कार्बी, खासी, जयन्तिया, गारो, नागमेसे, हमार, पाइते, थाडो, काबुई, माओ, ताङ्खुल, न्याशी, आदि, मोनपा, आओ अङ्गामी, कोकबोरोक, मिजो, लेप्चा, सिक्किमे (भोटिया) सामेल रहेको जानकारी पीआईबीले विज्ञप्तिमा दिएको छ।