आरिथाङ निलगगन डेभलपमेन्ट सोसाइटीको २३औं स्थापना दिवस पालन

IMG-20230430-WA0369.jpg

गेजिङःआरिथाङ निलगगन डेभलपमेन्ट सोसाइटीको २३औं स्थापना दिवस मनाएको छ। गेजिङ जिल्लाको मार्तम खण्ड बिकास कार्यालय अधीनस्थ अप्पर मार्तममा अवस्थित एक गैर सरकारी संस्थाको वार्षिक स्थापना दिवस पालन गऱ्यो। गेजिङ जिल्लाका जिल्ला योजना अधिकारी गंगा प्रसाद शर्माको मुख्य अतिथ्यमा सम्पन्न कार्यक्रममा संगठनका अध्यक्ष तथा समाजका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमा स्वागत सम्बोधन राख्दै संगठन सचिव विष्णुराज राईले कार्यक्रमको बिस्तृत विवरण प्रस्तुत गरेका थिए भने रेणुका शर्माले वार्षिक लेखाजोकाको जानकारी गराएकी थिइन्। कार्यक्रममा महासचिव रमेश छेत्रीले संगठनलाई अघि ल्याउन सामूहिक पहलको आवश्यक्ता रहने बताउँदै सामाजिकरूपमा जिबिकोपार्जन, आयस्रोत, व्यापार वाणिज्यको विषय आफ्नो मन्तव्य राखेका थिए।

सोसाइटिका अध्यक्ष बीबी राईले आरिथाङ निलगगन सोसाइटी एक अराजनैतिक संस्था रहेको बताउँदै यसको पहलमा ग्रामीण भेगमा रहेका आम नागरिकलाई तृणमुलस्तरबाट माथि उठाउने संस्थाको उद्देश्य रहेको बताए। यस सोसाइटीले सामुदायिक रेडियो स्टेशन तयार गरेर अहिले सुचारु रुपमा संचालन गरिरहेकोमा उनले प्रशंसा गरे। कार्यक्रम शुरु हुनअघि देशका प्रधानमन्त्री नरेन्द्र मोदीको मन की बात- को एक सयौं एपीसोड प्रोजेक्टर मार्फत सुनेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement