सुकना साहित्यिक- सांस्कृतिक संस्थानको सभा सम्पन्न 

IMG-20230430-WA0310.jpg

सुकना: सुकना साहित्यिक सांस्कृतिक संस्थानको एक साधारण सभा हिँज २९ अप्रेल शनिबारको दिन संस्थानका अध्यक्ष सूर्यमणि शर्माको अध्यक्षतामा सुकनास्थित सार्वजनिक भवनमा सम्पन्न भयो। संस्थानका मूल सचिव जे.बी.बस्नेतले संस्थानका भावी कार्यहरूबारे अवगत  गराउदै संस्थानलाई नयाँ गरी पञ्जीकरण, सदस्यता नवीकरण र विद्यार्थीहरूलाई शिक्षा र रोजगारको  क्षेत्रमा काउन्सिलिङ गरिनुपर्ने आदि बारेमा जानकारी दिएपछि संस्थानका विभिन्न पदाधिकारीहरू बी. बी. थापा, अशोक प्रधान, कृष्ण छेत्री, के. के. विश्वकर्मा, मीरा राई, विनोद प्रधान, मेघनाथ छेत्री आदिले मूल सचिवले राखेका सभाका उक्त विषयहरूमाथि  विभिन्न सुझाव र समर्थन दिएपछि संस्थानको नयाँ पञ्जीकरणको  कार्यलाई अघि बढाउने निर्णय लिए। त्यसरी नै संस्थानका प्रत्येक सदस्य- सदस्याहरूले वार्षिक शुल्कको रूपमा तीन सय रूपियाँ तिरेर अनिवार्य रूपमा सदस्यता फारम भर्नुपर्ने अनि आगामी १३ मईको दिन सुकना सार्वजनिक भवनमा विद्यार्थीहरूलाई शिक्षा र रोजगार सम्बन्धमा सचेत गराउन करियर काउन्सिलिङ कार्यक्रम गर्ने निश्चय गरेको छ। उक्त काउन्सिलिङ कार्यक्रममा स्कूल कलेज तथा विश्वविद्यालयका केही  शिक्षक- शिक्षिकाहरूलाई स्रोत व्यक्तिको रूपमा निम्त्याउने निर्णय लिएका थिए। मूल सचिव जे.बी.बस्नेतद्वारा सञ्चालित उक्त सभामा स्वागत वक्तव्य सुश्री  कविता गोलेद्वारा अनि धन्यवादसंगै आफ्नो अध्यक्षीय सम्भाषण सूर्यमणि शर्माले दिएका थिए। संस्थानको विगत सभामा पारित प्रस्तावहरुलई  नवराज छेत्रीले पठन गरेका थिए भने सभा बहीलाई खग गुरागाईंले लिपिबद्ध गरेका थिए। सभामा उक्त  महानुभावहरूको अतिरिक्त विन्द्या राई, ध्रुव छेत्री, क्षितिज शर्मा, दुर्गा शर्मा, दुर्गाराज थापा, सुनिल प्रधान आदि उपस्थित थिए।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement