चोरी तथा छिनताई मोबाइल पाए मानिसहरूले फिर्ता

IMG-20230429-WA0279.jpg

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न थाना इलाकाबाट चोरी तथा छिनताई भएको लगभग १०८ वटा मोबाइल पुलिसले उद्धार गरेर यसको असली मालिकलाई फिर्ता दिइएको छ। स्मरण रहोस्, गत ३ महीनामा बाघडुग्रा, मतिगढा, भक्ति नगर र सिलगढी थाना इलाकामा लगातार मोबाइल चोरी तथा छिनताईको घटना बढ्दै गइरहेको छ भने यसबारे धेरैजना मानिसहरूले थानामा अभियोग दर्ता गराएका थिए। अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेपछि सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत बाघडुग्रा, मतिगढा, भक्ति नगर र सिलगढी थानाले लगभग १०८ वटा मोबाइल उद्धार गरेपछि ती मोबाइलहरू असली मालिकलाई सुम्पिदिएको छ। मोबाइल फिर्ता पाएपछि धेरैजना मानिसहरूको अनुहारमा खुसी देखियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *