दिवङ्गत डी. कुमार परियारको कृति’आधुनिक भारतका निर्माता बाङला कवि माईकेल मधुसुदन दत’ को लोकार्पण

IMG-20230429-WA0280.jpg

मङपु: मङपुका प्रतिष्ठित साहित्यकार स्वर्गीय डी. कुमार परियारद्वारा लेखिएको पुस्तक ‘आधुनिक भारतका निर्माता बाङ्ला कवि माईकेल मधुसुदन दत’ को लोकार्पण आज सन्तमंगल विद्यालय भवनमा केबी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गरियो। परियार परिवारको आयोजनामा सम्पन्न गरेको आजको साहित्यक कार्यक्रममा सभापति केबी गिरी लगायत प्रमुख अतिथि जीटीएको क्षेत्रीय कार्यकारिणी सभासद रतन थापा, जीटीए जनसम्पर्क अधिकारी बिज्ञान मिश्र, प्रा. अमीर ठटाल आदि प्रमुख रूपमा उपस्थित थिए। अमृत खडकाले सञ्चालन गरेको कार्यक्रममा बिशोर कार्कीले स्वागत सम्भाषाण राखेका थिए भने समारोहमा साहित्यकार नन्द लामीछानेले पुस्तकका लेखक स्वर्गीय डी. कुमार परियारको जीवनीबारे दुई शब्द राखे। यसैगरी, डीके परियारको कृतिमाथि छोटो वार्ता प्रस्तुत गर्दै प्रमिला थामीले तिनको कविता पनि वाचन गरिन्। यसपछि आज लोकार्पण भएको पुस्तकबारे प्रा. अमीर ठटालले दुई कुरा राखेपछि गायक पदम बराईली, गायक प्रशान्त राई, अम्बर सेवाले मिठा गीतहरू प्रस्तुत गरे। यसवाहेक, आजको कार्यक्रममा दीप थापा, सानू भट्टराई, दुष्यन्त रामुदामु, अङकित छेत्रीले मिठो कविता वाचन गरे।

About Author

Advertisement