रंगमुक सिडर्स चियाबारी विषयमा सिलगढीमा बसेको सभामा मालिक पक्ष अनुपस्थित

IMG-20230429-WA0134.jpg

सिलगढी: मालिक पक्षद्वारा बन्द डाकिएको रङ्गमुक सिडर्स चियाबारीको सन्दर्भमा सिलगढीको श्रमिक भवनमा श्रम विभागद्वारा डाकेको सरकार, मालिक र श्रमिक संगठनमाझको त्रिपक्षीय सभामा बगानको मालिक पक्षबाट कोही पनि प्रतिनिधि उपस्थिति नरहेको हाम्रो पार्टीको श्रमिक संगठनले जानकारी गराएका छन्। यद्यपि सरकार पक्ष अनि श्रमिक संगठनमाझ भने कडा बहस चलेको बताइएको छ।
स्मरण रहोस् रेजिस्ट्रट ट्रेड युनियनदेखि बाहिर बसेर श्रमिकहरुद्वारा स्वत: आफ्नो बगानबाट पाउन पर्ने रहल वेतन अर्थात खर्चको मांग राख्दै जुन धरणा कार्यक्रम गरेको थियो। त्यसैलाई आधार बनाएर मालिक पक्षले सम्बन्धित ट्रेड युनियनहरुसंग सम्पर्क गर्दै नगरी सोझै चियाबारी लक डाउनको घोषणा गरेको अनि त्यो कानुनी रूपमा अवैध हो भनी श्रमिक संगठनहरुले श्रम विभागलाई जनाएको हाम्रो पार्टीको श्रमिक संगठनको केन्द्रीय सह सचिव बबिन सुब्बाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। यसको अतिरिक्त विगतमा भएको त्रिपक्षीय सभाको सम्झौतालाई पनि घरी-घरी मालिक पक्षद्वारा उल्लंघन गरेको आरोप लगाइएको छ। अब विगतको सम्झौता मुताबिक मालिक पक्षले श्रमिकहरुको पुरानो रहल राशि कहिले दिने हो त? जसमा सरकार पक्षले पनि आफ्नो सहमति राखेर सम्झौता गराएको थियो भनी युनियन पक्षबाट सरकारलाई प्रश्न राखेको पनि जानकारी गराइएको छ।
अस्वस्थताको कारण आफू उपस्थित हुन नसकेको जानकारी लेखेर मालिक पक्षले आजको सभामा अनुपस्थित भएर श्रमिकहरुप्रति मालिक पक्षको हिनताबोध अनि हेपाई हो भनी मालिक पक्षको युनियनहरुद्वारा भत्सर्ना गरेको पनि बताइएको छ।
उक्त बन्द रङ्गमुक सिडर्स चियाबारीमा यथाशीघ्र सरकार पक्षको हस्ताक्षेप हुन पर्ने युनियनहरुद्वारा आजको सभामा मांग राखेका छन्। आगामी केही दिनभित्र नै मालिक पक्षलाई बोलाएर कुनै चुडान्त निर्णय लिने श्रम विभागले युनियनहरुलाई आश्वासन दिएको जानकारी रहेको छ। हाम्रो पार्टी श्रमिक सङ्गठनको पक्षबाट यस सभामा संघ अध्यक्ष डीके गुरुङ, सह सचिव बबिन सुब्बा, केन्द्रीय समिति मूल सल्लाहकार राजु सुब्बाको उपस्थिति रहेको थियो भनी हाम्रो पार्टीको श्रमिक संगठनके केन्द्रीय सह सचिव बबिन सुब्बाले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement