आईपीएल २०२३:हाई स्कोरिंग म्याचमा लखनऊ सुपर जाइण्ट्स ५६ रनले विजयी

IMG-20230429-WA0000.jpg

२८ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ३८औं म्याचमा लखनऊ सुपर जाइण्ट्सले पञ्जाब किंग्सलाई ५६ रनले पराजित गऱ्यो। मोहालीमा शुक्रवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ५ विकेट गुमाएर २५७ रनको विशाल स्कोर बनायो। यो आईपीएलको इतिहासमा दोस्रो सर्वाधिक स्कोर हो। यसअघि रोयल च्यालेञ्जर्स बेंगलोरले २३ अप्रेल २०१३-मा पुणे वरियर्स विरुद्ध ५ विकेटमा २६३ रन बनाएको थियो अनि आज लखनऊ सुपर जाइण्ट्सको टीम सामान्यले गर्दा त्यस रेकर्डलाई तोड़्नदेखि चुक्यो। लखनऊ सुपर जाइण्ट्सबाट मार्कस स्टोइनिसले ५ वटा छक्का र ६ वटा चौकाको साथ ४० बलमा सर्वाधिक ७२ रन बनाए। यसबाहेक काईल मायेर्सले ७ वटा चौका र ४ वटा छक्काको साथ २४ बलमा ५३ रन बनाए। यी दुईलाई छोड़ेर निकोलस पूरनले ४५ र अयुष बादोनीले ४३ रनको उपयोगी ईनिंग्स खेले। पञ्जाबका बलरहरूमा कगिसो रबाडाले सर्वाधिक २ विकेट हासिल गरे। जवाफमा पञ्जाब किंग्सको टीम १९.५ ओभरमा २०१ रन बनाएर अलआउट भयो। अथर्व ताईदेले ८ वटा चौका र २ वटा छक्काको साथ ३६ बलमा सर्वाधिक ६६ रन बनाए। यसबाहेक सिकन्दर रजाले ३६, जितेश शर्माले २४, लियम लिविंगस्टोनले २३ र सेम कुरेनले २१ रनको योगदान दिए। लखनऊ सुपर जाइण्ट्सका बलरहरूमा यश ठाकुरले सर्वाधिक ४ विकेट लिए। यसबाहेक नवीन-उल-हलले ३ र स्पिनर रवि विश्नोईले २ वटा सफलता हासिल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *