सिक्किम कला अनि साहित्य महोत्सवको तयारी

IMG-20230429-WA0002.jpg

गान्तोक: शिक्षा विभागले लमा आगामी राज्य स्तरीय पुस्तक मेलाको तयारीबारे एक बैठक आयोजन गर्‍यो। बैठकमा संस्कृति विभागका सल्लाहकार भीमकुमारी शर्मा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्चुक लेप्चा, भाषा निर्देशक सोनाम लेप्चा, शिक्षा विभागका अतिरिक्त निर्देशक छुक्सुङ लेप्चा, सम्बन्धित विभागका अधिकारीहरू, चौध भाषाका सबै साहित्यिक संस्थाका प्रतिनिधिहरू र शिक्षा विभागका अधिकारीहरू सहभागी थिए। सल्लाहकार भीमकुारी शर्माले आफ्नो सम्बोधनमा पुस्तक मेला हाम्रो जातीय भाषाहरूको प्रवद्र्‌धन गर्ने मञ्च बन्ने र यससँग जोडिनु प्रतिष्ठा रहेको बताइन्‌। उनले पठनपाठनको सारको बारेमा बोल्दै हाम्रो संस्कृतिलाई परिभाषित गर्ने धेरै चिजहरूध्ये पुस्तक मेला एउटा हो भन्दै जातीय भाषाका पुस्तकहरूले हाम्रो सांस्कृतिक साहित्यको पक्षलाई उजागर गर्न द्दत पुग्ने भएकाले सरकारले सधैं स्थानीय लेखक र उनीहरूका पुस्तकलाई प्रोत्साहन गरेको बताइन्‌। केन्द्रीय पुस्तकालयको सदस्य सं‘या १५० बाट ८०० पुगेको उनको दाबी थियो। साथै मेलामा विभिन्न भाषाका पुस्तकहरू प्रदर्शन गर्न सकिने स्टलहरू उपलब्ध गराइने शर्माले बताए। सल्लाहकारले सिक्किमका मु‘यन्त्री प्रेमसिंह तामाङलाई उहॉंको बहुमूल्य सुझाव र राज्यमा साहित्यिक गतिविधिहरूको प्रचारप्रसारमा निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गरे। अतिरिक्त राजनीतिक सल्लाहकार छिरिङ वाङ्चुकले आफ्नो सम्बोधनमा पुस्तक मेलाको मु‘य उद्देश्य विद्यार्थीहरूमा पढ्ने बानी जगाउनु रहेको बताए। यस वर्षको तेस्रो संस्करण ‘रिड एण्ड गो लिटरेरी ङ्गेष्ट’ योकसोममा भव्य रुपमा आयोजना गरिने उनले जानकारी दिए। उनले योक्सो सिक्किका लागि ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको र युनेस्कोको विश्र्व सम्पदा सूचीमा रहेको बताए। उनले भने कि यस वर्ष सिक्कि कला र साहित्य होत्सव ६ देखि ८ मईसम्म हुनेछ जहॉं राज्यका धेरै लेखक र कलाकारहरूलाई आमन्त्रित गरिनेछ। उनले थप विद्यार्थी र जनसहभागिता सिर्जना गर्न राज्य बाहिरका धेरै विज्ञ र प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रित गरिने बताए। उनले यस पहलका लागि आवश्यक सहयोग गर्न शिक्षा विभागलाई आग‘ह गरे। उनले विद्यार्थी अनि सांस्कृतिक कलाकारहरुको प्रस्तुतिसँगै विभिन्न गतिविधि हुने पनि बताए। लेप्चाले सॉंचो ज्ञान पुस्तकका पानामा पाउन सकिने बताए। यसअघि खुल्ला छलफल भएको थियो जहॉं सबै सदस्यहरूले ससुझाउ राखेका थिए। यो वर्ष सिक्किम आर्ट एण्ड लिटररी ङ्गेस्टिभल टिम आर्ट वर्क, जयपुरको सहयोगमा योकसोमा अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने छ। सिक्कि कला र साहित्य महोत्सवले स्थानीय र राज्य बाहिरका प्रकाशकहरू र लेखकहरूलाई सहयोग पुग्ने आसा गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *