राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरे सिङ्गिक सरकारी माध्यमिक विद्यालयको भ्रमण

IMG-20230428-WA0365.jpg

गान्तोक: उत्तर जिल्लाको पाँच दिवसीय भ्रमणमा रहेका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज भ्रमणको अन्तिम दिन सिङगिक सरकारी माध्यमिक विद्यालयको भ्रमण गरे। भ्रमण अवधि उनलाई मंगनका जिल्लापाल हेम कुमार छेत्री, पुलिस अधिक्षक डा. छिरिङ ग्याछो, महकुमा पुलिस अधिकारी, स्कूलका प्रधानाध्यापक, शिक्षकगण, विद्यार्थी आदिले स्वागत जनाए। आफ्नो सम्बोधनमा राज्यपाल आचार्यले व्यक्तिगत विकासमा शिक्षाको महत भूमिका रहेको बताए। यस कुरालाई बुझाउन शिक्षकहरूको महत्वपूर्ण भूमिका रहने उनले थप विचार पोखे। उनले छोरीलाई शिक्षा, सुरक्षा र प्राथमिकतामा राज्यले सरकारले शुरू गरेको पहलप्रति खुशी व्यक्त गर्दै सरकारी माध्यमिक विद्यालय सिङ्गिक यसकै उत्कृष्ट उदाहरण बनेको बताए। राज्यपाल आचार्यले सबै छात्राहरूलाई सुकन्या समृद्धि योजना लागू गर्न स्कूलका प्रधानाध्यापक अनि शिक्षकहरूलाई सुझाउ दिए। उनले विद्यालयको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *