सी२० सम्मेलनमा भाग लिन विदेशी प्रतिनिधिहरू सिक्किम आइपुगे

IMG-20230428-WA0360.jpg

गान्तोक: राज्यमा केही दिन अघि सम्पन्न भएको जी २०, बी २० को सफलतापछि एस २० सम्मेलन भोलिदेखि शुरू हुने भएको छ। भोलिदेखि सम्पन्न दुई दिवसीय सी २० सम्मेलनमा सहभागती जनाउन देशी-विदेशी प्रतिनिधिहरू आज सिक्किम आइपुगे। सी २० दिगो र लचिलो समुदाय सम्मेलन राजधानीको चिन्तन भवनमा आयोजना हुने भएको छ, जसको निम्ति अतिथिहरूको आगमन शुरू भइसकेको छ। भारतसँगै युके, घाना, नाइजेरिया, फ्रान्स, युगाण्डा, गाम्बिया अनि बेलिजका प्रतिनिधिहरू आज सिक्किम आइपुगेका छन्। यस अवधि उनीहरूलाई राज्यको प्रमुख प्रवेशद्वार रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा पाकिम मुख्यालयका महकुमा अधिकारी थेण्डुप लेप्चा, पर्यटन विभागका सह निदेशक श्रीमती सुष्मा प्रधान लगायत सम्बन्धित विभागका अधिकारीहरूले स्वागत जनाए।

कुनै पनि देशमा लचिलो अनि दिगो समुदायको निर्माणमा योगदान दिने जलवायु, पर्यावरण अनि ऊर्जा सम्बन्धी विषयहरूमा सहयोग अनि विचारहरू आदान-प्रदान गर्नको निम्ति वैश्विक हितधारकहरूलाई एक मञ्च प्रदान गर्नु भोलिदेखि शुरु हुने सी २० सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *