पद्मश्री पुरस्कारले सम्मानित तुलाराम उप्रेतीसँग मन्त्री नेपालले गरे भेट

IMG-20230428-WA0362.jpg

गान्तोक: कृषि क्षेत्रमा पद्मश्री पुरस्कारद्वारा सम्मानित तुलाराम उप्रेतीलाई आज कृषि विभागद्वारा अभिनन्दन जनाइयो। उल्लेखनीय छ, राज्यमा पहिलो पल्ट कृषि क्षेत्रमा पदमश्री पुरस्कार उप्रेतीलाई प्रदान गरिएको हो। आज राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल लगायत अन्य अधिकारीहरूले आसमलिङजे निवासी उप्रेतीलाई घरमा भेट गर्दै अभिनन्दन जनाएको हो। ९९ वर्षीय उप्रेतीले शुरूदेखि नै जैविक उत्पादन गर्दै आइरहेका थिए। उप्रेतीका परिवारले जानकारी गराए गराए अनुसार गत २५ जनवरीको दिन उनलाई पद्मश्री पुरस्कारले सम्मान जनाउने घोषणा गरिएको थियो, भने २२ मार्चको दिन राष्ट्रपति भवनमा पद्मश्री पुरस्कार प्रदान गरिने निश्चित थियो। तर उनको शारिरीक अवस्थाको कारण उक्त दिन पुरस्कार ग्रहण गर्न असमर्थ भएको बताएका छन्। मन्त्री नेपालले जानकारी गराए अनुसार राज्यमा पहिलोपल्ट कृषि क्षेत्रलाई प्राथमिकता दिँदै पद्मश्री पुरस्कार प्रदान गरिएको हो। विशेष गरेर मुख्यमन्त्रीले कृषि क्षेत्रलाई बढावा दिन विभिन्न प्रकारको योजना घोषणा गरेपछि केन्द्र सरकारले यसलाई गम्भीरतापूर्वक लिँदै सिक्किम राज्यबाट तुलाराम उप्रेतीको नाम पद्मश्री पुरस्कारको निम्ति छनौट गरिएको हो। यसरी उनले पद्मश्री पुरस्कार प्राप्त गरेपछि राज्यका कृषकहरूमा पनि मनोवल बढेको साथै कृषि क्षेत्रमा सबैले ध्यान दिएको मन्त्री नेपालले जानकारी गराए। मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देश बमोजिम आज विभागका मन्त्री लगायत अन्य अधिकारीहरूले पुरस्कृत व्यक्तिलाई घरमा नै भेट गर्दै सम्मान जनायो। उनको भनाइ अनुसार राज्य सरकारले कृषि क्षेत्रलाई बढावा दिनको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेको बताए। वर्तमान एसकेएम सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कृषकहरूलाई कृषि क्षेत्रमा उत्प्रेरित गर्नको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेको कारण तुलाराम उप्रेती यस प्रकारको पुरस्कारद्वारा सम्मानित हुनपुगेको जानकारी गराए। पशुपालन र कृषिक्षेत्रमा नै भविष्य रहेको कारण उनले नयाँ पीढीहरूलाई पनि कृषि क्षेत्रमा अग्रसर हुनुपर्ने आग्रह गरे। देशको सर्वोच्च पुरस्कार प्राप्त गर्न सफल बनेकोमा मन्त्री नेपालले राज्य सरकार साथै विभागको तर्फबाट पुरस्कार प्राप्त तुलाराम उप्रेतीलाई हर्दिक बधाई साथै शुभकामना दिएका छन्। राष्ट्रपति भवनले उक्त पुरस्कार सौझे राज्य सरकारलाई पठाउने भएको छ भने राज्य सरकारले एक विशेष कार्यक्रम आयोजना गरेर तुलाराम उप्रेतीलाई पुरस्कार प्रदान गरिने भएको छ।

यसै क्रममा पद्मश्री पुरस्कारले सम्मानित तुलाराम छेत्रीले शुरूदेखि नै जैविक खेती गर्दै आइरहेको र अहिले पनि जैविक उत्पादनलाई प्राथमिकता दिएको अवगत गराए। आफूले शुरूदेखि नै खेती किसानमा ध्यान दिएको जानकारी गराउँदै जसको फलस्वरूप यस प्रकारको पुरस्कार प्राप्त गर्न सफल बनेको अवगत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *